राज्यले विभेद गर्यो : मुख्यमन्त्री राउत



काठमाडौं, (नेस)
प्रदेश नं–२ का मुख्यमन्त्री लालबाबु राउतले राज्यको विभेदकारी नीतिका कारण मधेस सधैं पछि परेको बताउँदै विभेदकारी संविधानविरुद्ध आफूहरूको संघर्ष जारी रहेको विचार व्यक्त गर्नुभएको छ।
जनकपुरमा आयोजित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– ‘हामी नेपालको अभिन्न अंग हौं, हाम्रो संघर्ष आज पनि विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि जारी छ।’

उहाँले मोदीको ध्यानाकर्षण गराउँदै भन्नुभयो– ‘हाम्रो मुलकमा पनि बिनाविभेद कुनै पनि जाति, वर्ग, समुदायले राज्यका हरेक तह र तप्कामा उसको क्षमता र योग्यताले पुग्न सक्ने सहज अवसर मिलोस् भन्ने हामीले चाहेका छौं।’
वर्षायाममा बाढीका कारण तराईमा दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधान खोज्न पनि मोदीको ध्यानाकर्षण गराउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्