कुरा चाकडीकै



मुलुकको २ नम्बर प्रदेश नेपालको हो कि कसको हो कसलाई थाहा छ। २ नम्बर प्रदेशका मुख्य मन्त्रीले छिमेकी देश भारतका प्रधानमन्त्रीलाई सुनाएको गुनासो उनी नेपाली हुन् कि भारतीय गुलाम हुन्, धरहरालाई छुट्याउन गाह्रो परेको छ। मुख्यमन्त्रीज्यूले नेपालीको पक्षमा भन्दा भारतीयको पक्षमा बढी चाकडी गरेको र मानौं मोदी नै आफ्नो प्रधानमन्त्री भएको शैलीमा दुखेसो गरेको देखेपछि मुख्यमन्त्रीज्यूको हैसियत पनि धरहराले पत्ता लगाएको छ। मोदीज्यूलाई अभिनन्दन गर्ने नाममा विभिन्न जिल्लाबाट जनकपुरको बाह्र बिगाहा मैदानमा जम्मा बनाइएका जनता फुको चिउरा खान बाध्य पारेका मुख्य मन्त्री भने मेरा जनता खुसी छन् जनता किन खुसी नहुनु त सडकको बीचमा बसेर पानी बिना फुको चिउरा खाइरहेका छन्। मुख्यमन्त्री भने भारतीय प्रधानमन्त्री मोदीलाई १ सय २१ किलोको माला लगाउन व्यस्त भएको देखेपछि उनीप्रति बिचरा भन्न मन लाग्यो। हैन तराईका नेताहरूले काठमाडौंलाई भन्दा दिल्लीलाई राजधानी मान्न किन आतुर छन्, धरहराले अहिलेसम्म बुझ्न सकेको छैन। विहारतिर जन्मेकाहरू नेपाल आएर राजनीति गर्ने र जन्मभूमिको चाकडी गर्नेहरूलाई के गर्ने होला भनेर धरहरा तीनछक परेको छ। यसको केही सुझाव भए पाम है पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्