लास भेटिए



सिडनी, (एजेन्सी)
पश्चिमी अस्ट्रेलियाको मार्गरेट नदीनजिकको एउटा ग्रामीण क्षेत्रमा ७ जना मानिसलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले शुक्रबार जनाएको छ। पर्थदेखि करिब २ सय ८० किमि दक्षिणमा रहेको ओस्मिङटन शहरको उक्त क्षेत्रमा ४ जना बालबालिका र ३ जना वयस्क व्यक्तिको लास फेला परेको हो। सरकारी अधिकारीहरूले तिनीहरूको मृत्युको कारण खुलाएका छैनन्। तर घटनास्थलबाट २ वटा बन्दुक बरामद भएको छ। प्रहरीले यस क्षेत्रका बासिन्दालाई सुरक्षाको चिन्ता नरहेको बताएको छ। तर तिनीहरूले यसलाई हत्या वा आत्महत्या हो भनी किटान गर्ने सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्