मलेसियाका पूर्वउपप्रधानमन्त्री अनबरलाई क्षमादान दिइने



क्वालालम्पुर, (एजेन्सी)
मलेसियाका सुल्तान १ प्रमुख राजनीतिज्ञलाई क्षमादान दिन सहमत भएको नयाँ प्रधानमन्त्री महाथिर मोहमदले पत्रकारलाई जानकारी गराएका छन्। पूर्वउपप्रधानमन्त्री अनवर इब्राहिमको मुद्दा २ दशकसम्म राष्ट्रिय राजनीतिको प्रमुख विषय बनेको थियो।

कुनै समयमा मलेसियाको भावी नेताको रूपमा चिनिने इब्राहिमलाई भ्रष्टाचार र समलिंगी गतिविधिमा संलग्न रहेको आरोपमा काराबास सजाय भएको थियो। महाथिरकै कार्यकालमा इब्राहिमलाई सजाय तोकिएको थियो।

उनलाई कारागारमुक्त गर्ने चुनावी प्रतिबद्धताकै कारण ९२ वर्षीय महाथिरले यसपालि चुनाव जितेका हुन्। साथै महाथिरले केही वर्षभित्रै आफूले इब्राहिमलाई शक्ति प्रदान गर्ने संकेत पनि दिएका छन्। आफूले ऐतिहासिक चुनाव जितेको भोलिपलट अर्थात् शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महाथिरले भनेका छन्– ‘सुल्तानले दातुक श्री अनवर उर्फ अनवर इब्राहिमलाई तत्काल क्षमादान दिएर कारागारमुक्त गर्ने इच्छा देखाएका छन्।’

त्यसपछि उनले फेरि राजनीतिमा पूर्णरूपमा सक्रिय हुन पाउनेछन्। पाकतान हारापानको अध्यक्ष रहेका महाथिरले चुनाव जितेपछि विगत ६ दशकभन्दा लामो समयदेखि सत्तामा रहँदै आएको बारिसान नासिओनल (बीएन) गठबन्धनको भूमिका समाप्त भएको छ। महाथिर आफैं र अनबर पनि विगतमा बीएनकै अंशका रूपमा क्रमशः प्रधानमन्त्री र उपप्रधानमन्त्री रहेका थिए। सन् १९८८ मा गठबन्धनको नेतृत्वमा आएको विवादको कारण अनबरलाई बर्खास्त गरिएको थियो। त्यसपछि महाथिर सरकारविरुद्ध विशाल जनप्रदर्शन भएको थियो।

त्यसपछि सन् २००० मा संमलिंगीको अभियोगमा अनबरलाई थप ९ वर्र्ष लामो ेकाराबास सजाय सुनाइएको थियो। कटरपन्थी मुस्लिम राष्ट्र मलेसियामा समलिंगी गतिविधि अवैध भए पनि यसै विषयलाई लिएर बिरलैमात्र मुद्दा चलाइने गरिएको छ। नब्बेको दशकमा महाथिरको नेतृत्वमा मलेसियाले अप्रत्याशितरूपमा आर्थिक उन्नति गरेको थियो।

प्रतिक्रिया दिनुहोस्