महोत्सवसँगै लोक भाका



लमजुङ, (नेस)। लमजुङवासी १९औं घलेगाउँ महोत्सवसँगै लोकनृत्य र भाकामा रमाएका छन्। घलेगाउँमा आयोजित ३ दिने महोत्सवका अवसरमा जिल्लावासीलाई सो अवसर जुटेको हो।

महोत्सवका अवसरमा राष्ट्रिय र स्थानीय कलाकारको बेजोड प्रस्तुति र≈यो। जसमा घाटु, सोरठी, सेर्गा, घ्याब्रे, कृष्ण चरित्रलगायतका नृत्यको प्रदर्शनीमा जिल्लाबासीका साथमा महोत्सवका अवसरमा घलेगाउँमा पुगेका पाहुनासमेत रमाउँदै खुसीले नाचेका थिए।

महोत्सवको रक्षामन्त्री ईश्वर पोखरेलले शुभारम्भ गरेका थिए। उनले नेपालको अमूल्य सम्पदाका रूपमा रहेको लोकभाका र नृत्यलाई जोगाउनु सबैको दायित्व भएको बताए।

प्रतिक्रिया दिनुहोस्