स्पोर्ट्स अवार्डसँग डिस मिडिया



काठमाडौ, (नेस)
नेपाल खेलकुद पत्रकार मञ्चले आगामी जेठ ३ मा आयोजना गर्न लागेको पल्सर स्पोर्ट्स अवार्डमा डिस मिडिया नेटवर्क लिमिटेड जोडिएको छ ।

राजधानीमा बिहीबार आयोजित कार्यक्रममा डिस मिडियाका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्य र मञ्चका अध्यक्ष महेश आचार्यले सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रायोजन सम्झौतापछि अवार्डको नाम एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७४ ईन एशोसियसन विथ डिस होम एक्सन स्पोर्ट्स हुनेछ । पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि हो ।

डिस मिडियाले ४ लाख ७० हजार र २ लाख ३० हजार बराबरको सेटअप बक्स र रिचार्ज गरी कुल ७ लाख रुपैयाँको प्रायोजन सम्झौता ग¥यो । डिस मिडिया र मञ्चबीच साझेदारी भएको यो आठौं वर्ष हो । मञ्चले यो वर्ष सबै ८ विधामा पुरस्कृत र मनोनित हुने खेलाडी र खेलअधिकारीलाई डिस होमको सेटअप बक्स उपलब्ध गराउने भएको छ । त्यस्तै एसएमएस भोटिङमा सहभागी हुनेमध्ये भाग्यशाली ५ जनालाई पनि सेटअप बक्स प्रदान गरिने मञ्चले जनाएको छ ।

डिस मिडियाका प्रमुख कार्यकारी अधिकृत आचार्यले खेल र खेलाडी दुबैको सम्मानका लागि आयोजना हुने अवार्डमा जोडिन पाउँदा खुशी लागेको बताए । उनले भने, ‘नेपाली खेलकुदले राष्ट्रलाई एक सुत्रमा जोडेको छ । हामी पनि कुनै न कुनै किसिमबाट यसमा जोडिन पाउँदा खुशी लागेको छ ।’ डिस मिडियाको खेलकूद सम्बन्धी आप्mनै च्यानल पनि सञ्चालनमा रहेको र अवार्डसँगको सहकार्यले दुबै फाइदामा हुने उनको भनाइ थियो ।

मचका अध्यक्ष महेश आचार्यले नीजि क्षेत्रबाट अवार्ड कार्यक्रम सचालन गर्न पाएको साथ र सहयोगका लागि धन्यवाद दिंदै आगामी दिनमा त्यसको निरन्तरताको अपेक्षा पनि गरे ।
विगतका बर्षहरूमा जस्तै यसबर्षको पल्सर स्पोर्ट्स अवार्डमा बर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ८ विधामा खेलाडी, प्रशिक्षकसहित समग्र रुपमा नेपाली खेलकुदलाई नै सम्मानित गरिदैंछ ।

यसअघि उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपल्स च्वाइस अवार्ड तथा बर्षका उत्कृष्ट प्रशिक्षकलाई पल्सर मोटरसाइकल प्रदान गरिएकोमा यो वर्ष पनि निरन्तरता दिइनेछ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरू प्रदान गरिने छ । मञ्चको खेलाडी छनोट समितिले केही दिनमा अन्य चार विधामा मनोनयनमा पर्न सफल खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गर्ने अध्यक्ष आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्