नेहाको गुपचुप बिहे



बलिउड नायिका सोनम कपुरको विवाहलगत्तै अर्की नायिका नेहा धुपियाले पनि विवाह गरेकी छिन्। उनले आफ्नो नजिकका साथी अंगद वेदीसँग गुपचुचरूपमा विवाह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दिल्लीमा गरिएको गुपचुप विवाह पश्चात् दुवैले आ–आफ्नो सामाजिक सञ्जालमार्फत फ्यानलाई खुसीको खबर दिएका छन्। उनीहरुले दुवैले पारिवारिक सिख रीती–रिवाज अनुसार विवाह गरेका हुन्। आजतकका अनुसार उनीहरु धेरै समयदेखि एक–अर्कासँग डेट गरिरहेका थिए। नेहाले सामाजिक सञ्जालमा फोटो शेयर गर्दै ‘जिन्दगीको सबैभन्दा सही निर्णय आज मैले आफ्नो बेस्ट फ्रेन्डसँग विवाह गरें। हेल्लो हजबेन्ड’ लेखेकी थिइन्।

त्यस्तै अंगदले पनि आफ्नो इन्स्टाग्राममा फोटो हाल्दै ‘बेस्ट फ्रेन्ड अब मेरी पत्नी, हेल्लो मिसेज वेदु’ लेखेका थिए। अंगदले पिंकलगायत केही बलिउड फिल्ममा खेलेका छन्। उनी भारतीय क्रिकेटका दिग्गज खेलाडी विशन सिंह वेदीका छोरा हुन्।

प्रतिक्रिया दिनुहोस्