शैक्षिक गुणस्तर बिकासमा सक्दो पहल गर्ने प्रतिबद्धता



नेपाल समाचारपत्र, पोखरा ।
पोखरा लेखनाथ महानगरपालिका बडा नं.१९ स्थित महेन्द्र मा.विं घार्मीमा २८ औं बार्षिकोत्सव, अबिभावक दिवस एवं पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्माले वार्षिक उत्सव तथा अभिभावक दिवसको कार्यक्रमको उद्घाटन गर्दै बिद्यालयले शैक्षिक बिकासमा गरेको योगदानको प्रसंसा गरेका थिए । मन्त्री हुनुपुर्व आफु यसै बिद्यालयको ब्यवस्थापन समितिमा रहेर सेवा गरेको स्मरण गर्दै बिद्यालयको शैक्षिक गुणस्तर बिकासमा सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

मन्त्री बिश्वकर्माले बाबा फाउन्डेशन नेपाल र रोटरी क्लब अफ न्यूरोड पोखराले बिद्यालयको भौतिक पुर्वाधार बिकास एवं शैक्षिक गणस्तर सुधारमा खेलेको भुमिका प्रति खुलेर प्रसंसा गरेका थिए । सो अवसरमा मन्त्री बिश्वकर्माले भर्ना अभियानको क्रममा आफुले अविभावकत्व ग्रहण गरेका दुईजना बिद्यार्थीहरु बिशाल सुनार र रेखा पुनलाई जनहि ५÷५ हजार नगद प्रदान गरेका थिए ।

बिशिष्ठ अतिथि प्रदेश सभा सदस्य राम्जी बरालले यस क्षेत्रको समग्र बिकासका लागि आफु प्रयासरत रहेको बताए । बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारीले बिद्यार्थीहरुको शिक्षण सिकाई प्रक्रियामा सुचना तथा प्रविधिको प्रयोग हुने गरी डिजिटल लाईब्रेरी स्थापनामा सहयोग गर्ने बताए । बिद्यालयका श्रोत ब्यक्ति बलराम पोख्रेलले बिद्यालयको समग्र बिकासमा आफुले पुर्ण सहयोग गर्ने बताए । बिद्यालयका प्रधानाध्यापक बासुदेव पौडेलले बिद्यालयको बार्षिक प्रगति बिवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बिद्यार्थीहरुलाई बार्षिक, शैक्षिक, अतिरिक्त तथा खेलकुद सम्बन्धि पुरस्कार पनि बितरण गरिएको थियो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा छिमेकी बिद्यालय ज्ञानज्वती र बिन्धेश्वरीका पअद्धय यम बहादुर कार्की र श्रीराम आचार्र्य, शिक्षाप्रेमिहरु होमनाथ आचार्य, माधवप्रसाद पौडेल, दिपेन्द्र सुनार, दुर्गादत्त बास्तोला बिद्यार्थी शुष्मा पौडेल, बिद्यालयका शिक्षकद्धय पार्वती खनाल र नन्दराज दाहाल लगाएतले शिक्षाको महत्वका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बाबा फाउन्डेशन नेपालले सो बिद्यालयमा अध्ययनरत १२० जना विद्यार्थीलाई फाउन्डेशनका सचिव टंकराज अधिकारीले शैक्षिक सामाग्री बितरण गरेका थिए । बिगत ५ बर्ष देखि रोटरी क्लब अफ न्यूरोड पोखराको सहकार्यमा उक्त बिद्यालयमा भौतिक पुर्वाधार बिकास शैक्षिक गणस्तर सुधारमा निरन्तर सहयोग पु्याउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्