एकल महिलाको आम्दानीको मुख्य स्रोत बन्यो बाख्रापालन



सलिम अन्सारी,प्यूठान ।
जिल्लाको सरुमारानी गाउपालिका ४ बडडाडा की ३१ बर्षिया मीना बुढाथोकी ३ बर्ष पहिला गाउँघरको चुलोचौकोमै सिमीत थिईन । श्रीमान गुमाएको पीडा थियो । गाउँमा आयआर्जनको बाटो थिएन । छोराछोरी साना थिए ।

उनिहरुको पालनपोषणको पीरलो थियो । यस्ले झनै पीडामा थिईन उनि । तर अहिले उनको जीवन फेरिएको छ । गरीबि निवारण कोष कार्यक्रम लागु भए पश्चात गाउँका स्थानीयहरु मिलेर बँगारी सामुदायिक सँस्था गठन गरिएको थियो । सँस्थामा उनि पनि आवद्ध भईन । सँस्थाले आयआर्जनका क्षेत्रमा ऋण लगानी गर्थेयो । त्यसैले ऋण माग्ने सोच गरिन । पहिलै देखि मिना बाख्रा पालन गर्थिन । तर दुई चार वटा भन्दा बढि बाख्रा थिएन्न । उनको मनमा लाग्यो अव व्यावसायिक बाख्रा पालन गर्छु ।

एकदिन बैठकमा ऋण माग गरिन पचास हजार । आफुले पहीला ऋण लिदा खेरी तिर्न सक्छु कि सक्दिन भन्ने चिन्ता मनमा लागेको थियो । सँस्थाले स्विकृती दियो सहास गरेर ऋण लिईन उनले । त्यो पैसाले मिनाले बाख्रा थपीन । गरिवी निवारणको ऋण र केहि आफुसँग भएको पैसाले व्यबस्थित खोर बनाईन ।

अहिले उनिसँग ९ वटा पाठा र १ बोका सहित ३१ वटा बाख्राका पाठापाठी छन । यही बाख्राको पाठापाठी बेचेर उनले सँस्थाको ऋण बर्षदिनमै तिरेर भ्याईन । हिजोआज बाख्राको स्याहारसुसारमै उनको दैनिकी बित्छ । उनले बाख्रापालनलाई अझै बिस्तार गर्ने सोचेकी छन । गरीबि निवारण कोषको सहयोगले मेरो जीवनशैली नै फेरियो । मिना भन्छिन बाखा्रपालनबाटै म आत्मनिर्भर भएकी हुँ ।

तीन जनाको परिवार यहि बाख्रापालनको आम्दानीले धानिएको छ । उनका दुई छोराछोरी स्थानीय जनतामा माध्यमिक बिद्यालयमा पढछन । छोरा दश कक्षामा र छोरी ६ कक्षामा पढछन । मिनाले भनिन बाख्रापालनको आम्दानीले परिवारको खर्च राम्ररी चलेको छ । छोराछोरीलाई पढाउन सजिलो भएको छ । अहिले खोरमा दुई लाख रुपैयाँ भन्दा बढीको बाख्रा रहेको उनले बताईन ।

मनमा आँट भएको खण्डमा जे काम पनि गर्न सकिने मिना बुढाथोकीबाट सिक्न सकिन्छ । कालिमाटि ग्रामीण बिकास समाज नेपाल प्यूठानको सहजीकरणमा गरिवी निवारण गर्ने लक्ष्य सहित आयआर्जनको क्षेत्रमा सामुदायिक सँस्था मार्फत ऋण लगानी गर्दै आएको हो । सँस्थाको सहयोगले आयआर्जनमा लागेकाहरु धेरै छन ।

सामाजिक परिचालक देउमान सोमैले भने जस्ले उनिहरुको जीवनमा नै परिवर्तन आएको छ ।

प्रतिक्रिया दिनुहोस्