युवा गल्फर प्रतिमाको उडान



नेपाल समाचारपत्र
काठमाडौं
नेपालकी नम्बर एक महिला गल्फर प्रतिमा शेर्पा पल्सर स्पोर्टस अवार्ड पिपल्स
च्वाइस अवार्डमा मनोनित भएकी छन्। गत वर्ष प्रतिमाको विश्वव्यापी लोकप्रियता शिखरतिर चुलिएको थियो। उनको परीक्षा अब नेपालकै उत्कृष्ट खेलकुद पुरस्कार समारोहमा हुनेछ। यस विधामा उनले मनोनित भएका क्रिकेटका सन्दीप लामिछाने, टेबल टेनिसका स्यान्टुु श्रेष्ठ, भलिबलका मानबहादुर तामाङ र फुटबलका किरण चेमजोङसँग प्रतिस्पर्धा गर्नेछिन्।

गोकर्ण गल्फ क्लबको होल नं तीनमा रहेको एउटा सानो छाप्रोबाट शुरू भएको १८ वर्षीया युवा गल्फर प्रतिमाको गल्फको कथा अमेरिकासम्म पुग्न सफल र≈यो। एकातिर घरेलु गल्फ प्रतियोगितामा दिँदै आएको राम्रो प्रदर्शन र अर्कोतर्फको विश्वव्यापीरूपमा पछ्याउँदा प्रतिमा वर्षभरि चर्चामा रहिन्।

प्रतिमाका लागि वर्षको शुरूआत अमेरिकाबाट उनले पाएको विश्वव्यापी चर्चाबाटै शुरू भयो। विश्वप्रसिद्ध स्याटलाइट खेलकुद च्यानल ईएसपीएनले प्रतिमाको छाप्रोदेखि गल्फको प्रोफेसनल खेलाडीसम्म भन्दै उनको विषयमा आफ्नो च्यानलमा राम्रो स्थान दियो। लगत्तै विश्वका अन्य मिडियाहरूले पनि प्रतिमालाई पछ्यायो। गल्फप्रति आफ्नो लगन र मिहिनेतले अब्बल खेलाडी बन्ने लक्षण देखाएकी प्रतिमा व्यावसायिक गल्फ सूर्य नेपाल गल्फ टुरको छनोट खेल्ने पहिलो महिला बन्न सफल भइन्। उनको प्रयासले गल्फमा उनीजस्तै सामान्य जीवनमा हुर्किएकी नेपाली महिलाले यस खेलमा पनि आफ्नो नाम राख्न सक्छन् भन्ने राम्रो उदाहरण प्रस्तुत गरेको छ।

२०७४ मै प्रतिमाले फाल्डो सिरिज नेपालमा सहभागिता जनाइन्। पूर्व बेलायती गल्फर निक फाल्डोले गल्फका उदाउँदा खेलाडीलाई राम्रो एक्सपोजर दिने अभिप्रायका साथ विश्वका विभिन्न राष्ट्रमा आयोजना गर्ने गरेको फाल्डो सिरिजको नेपाल क्वालिफायरमा प्रतिमा विजयी भइन्।

यस सफलताले प्रतिमालाई फाल्डो सिरिज ग्रान्ड एसिया फाइनलका लागि भियतनामसम्म पु¥यायो। प्रतिस्पर्धात्मक ग्रान्ड फाइनलमा प्रतिमा उपाधिविहीन रहे पनि प्रतियोगिताबाट प्रशस्त अनुभव बटुल्न उनी सफल भइन्।

लगत्तै प्रतिमा दोस्रो पटक अमेरिका पुगिन् र ईएसपीएनले उनको विषयमा एउटा डकुमेन्ट्री तयार पा¥यो। दोस्रो पटकको अमेरिका भ्रमण प्रतिमाका लागि निकै नै लाभदायक र≈यो। प्रतिमाले अमेरिकी गल्फ लिजेन्ड टाइगर उड्ससँग फ्लोरिडाको मेडलिस्ट गल्फ क्लबमा आधा घण्टा व्यक्तिगत प्रशिक्षण लिनसमेत सफल भइन्। प्रतिमाको गल्फप्रतिको लगनलाई लिएर उड्स उनको प्रशंसा नगरी बस्न सकेनन्।

एसएमएसका लागि टिएचटी लाइभ ३७७२२ अफिसियल भोटिङ पार्टनर रहेको छ। यस विधाको विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्