मार्गनमाथि आरोप



बलिउड तथा हलिउडमा कास्टिङ काउच तथा यौन शोषको घटना सामान्य बनिसकेको छ। हालै हलिउड अभिनेता तथा ओस्कार अवार्ड विजेता मार्गन फ्रिम्यानमाथि पनि यस्तै गम्भीर आरोप लागेको छ। खबरअनुसार उनीमाथि आफूभन्दा आधा उमेर कम सौतेनी नातिनी इडेना हाइन्सको साथ शारीरिक सम्बन्ध बनाएको आरोप लागेको छ।

यो कुराको खुलासा भने एक वकिलले गरेको समाचारमा जनाइएको छ। वकिलका अनुसार इडेनाले आफ्नो हजुरबुबाको यो हर्कतका बारेमा प्रेमी ल्यामर डेवनपोर्टसँग बताएकी थिइन्। यो कुरा उनले म्यासेजमार्फत भनेकी थिइन्। इडेनाको भने सन् २०१५ नै धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो। यो हत्याको आरोप उनको प्रेमी ल्यामरलाई लगाइएको छ।

८० वर्षीय फ्रिम्यान आफ्नी नातिनीका साथ शारीरिक सम्बन्ध बनाएको खबरका कारण चर्चामा छन्। यसबारेमा उनले आफ्नो भनाइ राख्दै आफूले सौतेनी छोरी डिना र नातिनी इडेनाको हरेक तरिकाले हेरचार गर्दै आएको मात्र बताएका छन्। इडेना उनीभन्दा ४५ वर्ष कान्छी थिइन्। सन् २००५ मा भएको गोल्डेन ग्लोब्स अवार्ड तथा २००८ मा फिल्म द डार्क नाइटको प्रिमियरमा इडेनासँगै उनी पनि देखिएका थिए। भनिन्छ कि फ्रिम्यानले इडेनालाई अभिनयमा करिअर स्थापित गर्न निकै मद्दत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्