राजस्थानको प्लेअफको आसा



नयाँ दिल्ली, (एजेन्सी)
किंग्स इलेभेन पञ्जाबलाई १५ रनले हराएर राजस्थान रोयल्स आईपीएलको अंकतालिकामा पुछारबाट छैटो स्थानमा उक्लिएको छ । मंगलबार राति जयपुरको सवाई मानसिंह स्टेडियममा खेलिएको खेलमा राजस्थानले हारको क्रमलाई तोडेको हो । यो जितसँगै राजस्थानको ८ अंक भएको छ । साथै प्लेअफको आस पनि बनाएको छ । पञ्जाब भने हार बावजुद १२ अंकसहिति तेस्रो स्थानमा अडिग रहेको छ ।

यो खेलमा जोस बटलरले सानदार ब्याटिङ गर्दै राजस्थानलाई सुरक्षित स्कोरमा पु¥याएका थिए । राजस्थानले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५८ रन जोडेको थियो । बटलरले ८२ रनको योगदान दिएका थिए । पञ्जाबको लागि लोकेस राहुलले ९५ रनको आकर्षक इनिङ खेलेपनि जित हात पार्न सकेन । पञ्जाबले ७ विकेटको नोक्सानीमा १ सय ४३ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्