वेस्ट ब्रोम रेलिगेसनमा



लन्डन, (एजेन्सी)

इंग्लिस प्रिमियर लिगअन्तर्गत यस सिजनमा रेलेगेसनमा पर्ने वेस्ट ब्रोमविच एल्बीयन दोस्रो टोली बनेको छ । मंगलबार रातिको खेलमा साउथाम्पटनले स्वानसिटीमाथि १–० गोलले जितेपछि वेस्ट ब्रोम प्रिमियर लिगबाट रेलिगेसन भएको हो । टोली ५ अंकले सुरक्षित क्षेत्र भन्दा बाहिर थियो । योेसँगै टोलीको प्रिमियर लिगमा ८ वर्षको बसाई पनि समाप्त भएको छ । यसअघि स्टोक सिटी रेलेगेसनमा पर्ने पहिलो टोली बनेको थियो ।

आईतबार हुने खेलमा क्रिस्टल प्यालेसलाई हराउनु आवश्यक छ भने हराएको खण्डमा पनि वेस्ट ब्रोमको लागि स्वानसी सिटीले हारेको वा बराबरी खेलेको नतिजा आउनुपर्छ । यो नतिजाले भने वेस्ट ब्रोमलाई चमत्कारी ढंगले रेलिगेसनबाट बच्ने सक्नेछ । जुन टोलीले २००४–०५ सिजनमा रेलिगेसनबाट उम्केर स्मरणीय क्षण बनाएको थियो ।

अंकतालिकामा वेस्ट ब्रोमको ३१ अंक र स्वानसी सिटीको ३३ अंक रहेको छ भने साउथाम्पटनले जितपछि रेलिगेसन क्षेत्रबाट आफुलाई सुरक्षित राखेको छ ।

प्रतिक्रिया दिनुहोस्