निकिता पौडेलको झाँको झारे सञ्चारमन्त्रीले



काठमाडौं । सिने वृत्तमा चर्चा छ निकिता पौडेलको । चर्चा कुन अर्थमा भने उनले केही दिनअघि मात्र सञ्चार राज्यमन्त्री गोकुल बास्कोटालाई भेटिन् । मन्त्रीले झाँको झारे । उनले हलमा ९० दिनमात्र नेपाली चलचित्र चलाउने र बाँकी दिन जुनकुनै सिनेमा लगाए पनि मिल्ने प्रस्ताव लिएर गएकी थिइन् ।

उनको प्रस्तावलाई नकार्दै मन्त्रीले तपाई कस्तो अध्यक्ष ? वर्षको ३६५ दिनमा ९० दिने मात्रै नेपाली फिल्म चलाउने ? तपाईं नेपाली चलचित्र क्षेत्रको रक्षक हो कि भक्षक ? भन्दै झपारेको चर्चा छ । तर, यस्ता हल्ला हावादारी भएको निकिताको प्रष्टीकरण छ ।

उनले आफ महिला भएकै कारण चौतर्फी आक्रमण भएको र एउटा महिलालाई सिध्याउन न्वारानदेखिको बल लगाएर अग्रजहरु लागिपरेको बताउँदै आएकी छन् ।

सामाजिक सञ्जालमा आक्रोश पोख्दै निकिताले रातभरि शहरका रेस्टुरेण्टमा बसेर एक महिनालाई सिध्याउने भिटिङ नबस्न चेतावनी समेत दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्