जय होस्



उहिले राजा–महाराजाहरूले धुमधामसँग आफ्नो गुनगान गर्न लाउँथे। समय–समयमा जय–जयकार, अनि अघिपछि बाक्लै संख्यामा लावालस्कर। त्यस्तो दृश्य नयाँ पुस्ताका लागि इतिहास बनिसक्यो। अहिले यदाकता फिल्ममा हेर्न पाइन्छ।

ज्ञानेन्द्र सरकारको समयमा एकपटक जयजयकारको लहर व्यापक बन्यो। मुलुकका धेरै ठाउँ धाएर उनले जयजयकार ‘रिसिभ’ गरे। राजतन्त्र फालिएपछि मुलुक गणतान्त्रिक बनेको वर्षौं भयो, तर छोटे राजा महाराजाहरूको कमी छैन। ऊ बेला आफूहरूले ज्ञानेन्द्रको खरो विरोध गर्या बिर्सिएझैं गरेर राम्रै सेटिङ मिलाएर आफ्नै जयजयकार गराउँछन्।

केही दिनभित्र छिमेकका विशिष्ट पाहुना नेपाल आउँदै छन्, उनलाई पनि धेरै ठाउँमा जयजयकार शैलीमा स्वागत सत्कार गर्ने तयारी भइरहेको धरहरा देख्दै छ। जयजयकारमा रमाउने र जयजयकार सम्मान खोज्नेहरू दिनरात नभनी तयारीमा जुट्या छन्।

उता जनकपुरमा सबै जनप्रतिनिधि अनिवार्य उपस्थित हुन उर्दी जारी गर्या खबर पनि छ। यस्तो देख्दा लाग्छ, मुलुकमा अब गणतान्त्रिक राजतन्त्र शुरू भएछ। जय होस्, गणतान्त्रिक मुलुकका छोटे राजा–महाराजाहरूको।

प्रतिक्रिया दिनुहोस्