पर्यटकीय क्षेत्र चिनाउन म्याग्दी भ्रमण वर्षको तयारी



प्रताप बानियाँ, म्याग्दी । ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी जिल्लामा पर्यटकहरुको उपस्थिति बढाउन आयोजना गरिएको म्याग्दी भ्रमण वर्ष–२०७५ को तयारी तीव्र भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजना र जिल्लास्थित स्थानीय तहको सहआयोजनामा मनाउन लागिएको भ्रमण वर्षको तयारीलाई तीव्र पारिएको हो ।

जिल्लामा रहेका पर्यटकीय गन्तव्यको उजागर गरेर पर्यटकलाई आकर्षित गर्न म्याग्दी भ्रमण वर्ष मनाउने तयारी गरिएको छ । भ्रमण वर्षको औपचारिक उद्घाटन आउँदो बैशाख ३० गते गर्ने कार्यक्रम रहेको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । भ्रमण वर्ष घोषणाको तयारीका लागि सरोकारवालाहरुसँग अन्तत्र्रिmया तथा छलफल, प्रचारप्रसार, निमन्त्रणा, भेटघाट लगायतका तयारीलाई तिब्रता दिइएको छ । भ्रमण वर्षको अवसर पारेर बेनीको कालीपुलस्थित बसपार्कमा पर्यटन सूचना केन्द्र स्थापना गर्न लागिएको छ ।

हालसम्म म्याग्दी भ्रमण वर्ष उद्घाटनको तयारीका लागि झण्डै ७० प्रतिशत तयारी सकिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो । उहाँका अनुसार ब्रोसर तयार पार्ने, फोटो प्रिन्ट गर्ने, टिसर्ट तथा टोपी छपाउने, सूचना केन्द्रमा रङरोगनसहित आन्तरिक तयारीलाई द्रुत गतिमा अगाडि बढाइएको छ । म्याग्दीमा रहेका पर्यटकीयस्थलको प्रचारप्रसार गरी जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरु भिœयाउने उद्देश्यसहित भ्रमण वर्ष मनाउन लागिएको भ्रमण वर्षका मूल संयोजक समेत रहनुभएका अध्यक्ष कर्माचार्यले बताउनुभयो ।

भ्रमण वर्षको उद्घाटन गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी म्याग्दी आउनुहुने भएको छ । उद्घाटनको अवसरमा म्याग्दी जिल्लास्थित विभिन्न ६ ओटा स्थानीय तहले ¥याली प्रस्तुत गर्ने भएका छन् । यसैगरी म्याग्दीमा रहेको विभिन्न कला, संस्कृतिका साथै पर्यटकीयस्थलहरुको फोटो तथा भिडियो÷डकुमेन्ट्री प्रदर्शनी गरिने आयोजकको भनाई छ । भ्रमण वर्षमा पर्यटकीय गन्तव्यको खोजी गर्ने र जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चिनाउनुका साथै पर्यटक भिœयाउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

भ्रमण वर्षमा म्याग्दी जिल्लाका प्रसिद्ध धार्मिक, पर्यटकीय एवं ऐतिहासिक क्षेत्रको प्रचारप्रसार गरी जिल्लामा पर्यटकलाई बस्ने वातावरण निर्माण गरिने म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । उहाँका अनुसार भ्रमण वर्ष मनाउने क्रममा जिल्लाका ६ ओटै स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रको खोजी गरेर ती क्षेत्रको प्रचारप्रसारमा जोड दिइने भएको छ ।

साथै भर्जिन पर्यटकीय गन्तव्यको फोटो, भिडियो देखाएर आवश्यक प्रचारप्रसार गरिने द्वितीय उपाध्यक्ष शाक्यको भनाइ छ । भ्रमण वर्षको औपचारिक उद्घाटन कार्यक्रमका लागि विभिन्न ६ ओटा उपसमिति गठन गरेर तयारीलाई अगाडि बढाइएको छ भने ६७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

म्याग्दीमा घोरेपानी, पुनहिल, खोप्रालेक, महरेडाँडा, राउण्ड धौलागिरि र अन्नपूर्ण पदमार्ग, सिङ्गा तथा भूरुङ–तातोपानी, टोड्के, भेडीओढार, भकिम्लीको स्वर्गाश्रम एवं बेलढुङ्गा, गलेश्वर, पुलहाश्रम, जगन्नाथ तथा गुफाको डाँडो, मालिका मन्दिर, निस्कोटको बराहताल, लभ्लीहिल, गूर्जाखानी, जलजला, ढोरपाटनलगायत स्थानहरु पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छन् । साथै भ्रमण वर्षमा स्थानीय उत्पादनको बिक्री वितरण र प्रचारप्रसार पनि गरिने भएको छ । विभिन्न जातजातिहरुको कला, संस्कृति पनि आकर्षक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्