मलेशियाको भोलि हुने आम चुनावमा सातौं प्रधानमन्त्री को ? ९२ वर्षीय नेता कि भ्रष्टचारका आरोपी



एजेन्सी । देशको सातौं प्रधानमन्त्रीको चयनका लागि बुधबार मलेशियामा आम चुनावमा हुँदैछ । देशको इतिहासकै तातो प्रतिस्पर्धाको रुपमा मानिएको यो चुनावमा दुई हजार ३३३ उम्मेद्वारहरु उठेको कारण त्यो अहिलेसम्मकै सबैभन्दा बृहत हुने बताइएको छ ।
उक्त चुनावमा प्रधानमन्त्री पदका लागि तत्कालिन प्रधानमन्त्री नाजिब राजाक र देशको लामो समयसम्म प्रधानमन्त्री पदमा रहेका ९२ वर्षीय  डा. महाथिर मोहम्मद प्रतिस्पर्धामा उत्रिदैछन् ।

राजनीतिक तथा व्यक्तिगत लडाँईको रुपमा हेरिएको यो चुनावमा प्रधानमन्त्रीका प्रत्याशी राजाक अर्का प्रत्याशी महाथिरका राजनीतिक शिष्य हुन् । तर २०१५ मा राजाक १ एमडिबि भ्रष्टचार काण्डमा फँसेपछि महाथिर उनको विरोधी भएका हुन् । राजनीतिबाट सन्यास लिएको घोषणा गरेका महाथिरले यो वर्ष आफु फर्केर आउने घोषणा गरेका हुन् । उनी आफ्नो राजनीतिक निष्ठालाई दबाएर राजाकलाई च्यूत गर्ने एउटै लक्ष्यका साथ विपक्षीसँग जोडिन फिर्ता आएका हुन् । हाल राजाकको नेतृत्वमा रहेको देशको प्रमुख दल युएमएनओकै हिस्सा थिए महाथिकर आफ्नो सत्ताका दिनहरुमा तर अहिले उनले आफ्नै नयाँ राजनीतिक दल पार्ति प्रिबुमी बेरसतु स्थापना गरेका छन् जुन प्रतिपक्षी पाकातान हारापानसँग गठबन्धनमा छ ।

यो चुनावमा महत्वपूर्ण भूमिका खेल्ने अर्को दल कन्जर्भेटिभ इस्लामिक दल पिएएस हो । तर यसले एकदमै कम सिट जित्ने सम्भावना छ ।

तत्कालिन प्रधानमन्त्री राजाकको सन्दिग्ध भूमिका रहेको १ एमडिबी काण्डमा सरकारको एक अर्ब २० करोड डलर हिनामिना भएको थियो जसमा ६८ करोड १० लाख डलर कथितरुपमा राजाकको व्यक्तिगत खातामा जम्मा भएको पाइएको थियो । साथै राजाकले ल्याएको भ्याटजस्तै बस्तु तथा सेवा कर पनि मलेशियामा एकदमै अलोकप्रिय छ जसले त्यहाँ महंगी बढाएको छ ।

महाथिरले देखाएको देशप्रतिको गहिरो बफादारीको बावजूद मलेशियाको निर्वाचन सुधार संगठनले यो चुनाव राजाकले १६५ प्रतिशत लोकप्रिय मतले जित्ने अनुमान लगाएका छन् । राजाकले केही महिना अघि ल्याएको झूटा समाचार विरुद्धको सजायको नयाँ नियमका कारण पनि उनी विरुद्ध कम प्रचारप्रसार हुने हुँदा उनको जीतको सम्भावना प्रबल रहेको बताइएको छ ।

यससँगै मलेशियास्थित नेपाली राजदूतावासले त्यहाँ कार्यरत नेपाली श्रमिकहरुका लागि सुरक्षा सावधानी अपनाउनेबारे सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्