धर्मगुरु श्रीनिवासाचार्यमाथि यसरी खनिए कमल थापा



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मगुरु श्रीनिवासाचार्यको गोलिकाण्ड प्रकरणमा स्वतन्त्र छानविन हुनुपर्ने माग राख्नु भएको छ ।
सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै अध्यक्ष थापाले यस प्रकरणको गाम्भीर्यलाई दृष्टिगत गर्दै सरकार समक्ष स्वतन्त्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गर्नु भएको हो ।

थापाले प्रहरीले दाबी गरे अनुसार धर्मगुरु आचार्य श्रीनिवासाचार्यले आफूमाथि आक्रमण गर्न लगाएको भन्ने कार्य अत्यन्तै निन्दनीय र भर्त्सनायोग्य भएको उल्लेख गर्नु भएको छ ।

’धर्मगुरु आचार्य श्रीनिवास स्वयंले आफूमाथि आक्रमण गराएको प्रहरीले जनाएको छ’ थापाले ट्वीटमा उल्लेख गर्नु भएको छ , ‘यदि सत्य हो भने, श्रीनिवासको यो कार्य अत्यन्त निन्दनीय र भर्त्सनायोग्य छ । विषयको गांभिर्यतालाई दृष्टिगत गर्दै सरकारले स्वतन्त्र छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्