करिश्मा १५ वर्षपछि काठमाडौंमा



बलिउड नायिका करिश्मा कपुर १५ वर्षपछि काठमाडौं अएकी छिन्। उनी इन्द्रचोकको मेरिगोल्ड ज्वेलर्सको दरबारमार्ग शाखा शुभारम्भ गर्न काठमाडौं आएकी हुन्।

‘आई लभ नेपाल। नेपाल सगरमाथाको देश हो, त्यसैले मलाई निकै मनपर्छ। नेपाल आउन पाउँदा निकै खुसी लागेको छ’, करिश्माले शाखाको शुभारम्भ गरेपछि भनिन्– ‘१५ वर्ष अगाडि नेपाल आएकी थिएँ। फेरि पनि निमन्त्रणा गर्नुहोला, म आउनेछु।’

करिश्मा सो ज्वेलर्सको शुभारम्भ गर्नका लागि सोमबार बिहान काठमाडौं आएकी हुन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दरबारमार्गस्थित याक एन्ड होटल गई शृंगार गरेर ज्वेलर्सको शुभारम्भ गर्न पुगेकी थिइन्। उनी नेपाल प्रहरी र निजी सुरक्षाकर्मीका साथ देखिएकी थिइन्। करिश्माले ज्वेलर्समा विभिन्न गहनाको अवलोकन पनि गरेकी थिइन्। उनी सोमबार अपरा≈न नै भारत फर्केकी छिन्। ज्वेलर्सकी सञ्चालिका ज्योत्सना श्रेष्ठले ग्राहकको सन्तुष्टिका लागि काम गर्ने बताइन्।

९० को दशकमा बलिउड हल्लाएकी करिश्माले सन् १९९२ मा रिलिजमा आएको फिल्म प्रेम कैदीबाट करिअर शुरु गरी सपने साजनके, जिगर, गोपी किशन, दिल तो पागल हे, करिश्मा जस्ता फिल्मबाट मन जित्दै आएकी थिइन्। हा मेने भि प्यार किया नामक फिल्मपछि नायक अभिषेक बच्चनको नजिक भएपछि उनीहरूबीच विवाह हुने कुरा भए पनि पछि करिश्माले दिल्लीका बिजनेसम्यान सञ्जय कपुरसँग विवाह गरेकी थिइन्। उनीहरू ७ वर्षको वैवाहिक जीवनपछि छुट्टिएका थिए।

प्रतिक्रिया दिनुहोस्