सोनमको बिहे आज



बलिउड नायिका सोनम कपुुर भारतीय बिजनेसम्यान आनन्द आहुजाका साथ आज मंगलबार विवाह बन्धनमा बाधिँदै छिन्।

उनीहरूले केही वर्षअघिदेखिको प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गर्न लागेका हुन्। दुवैको परिवारमा विवाहको भव्य तयारी भइरहेको छ। आइतबार सोनमको घरमा मेहेन्दी लगाउने कार्यक्रम थियो भने त्यही दिन सोनमलाई भेट्न आनन्द ब्यान्ड बाजासहित पुगेका थिए।

सोनमको विवाहको खबर बाहिरिएदेखि उनका फ्यान मात्र होइन, बलिउड कलाकारहरू पनि उनको विवाहको पर्खाइमा थिए। उनको विवाहमा वरुण धवन, ज्याकलिन फर्नान्डिसलगायतका कलाकारले सांगीतिक प्रस्तुति दिने समाचार पनि आइरहेका छन्।

फिल्म साँवरियाबाट बलिउड डेब्यु गरेकी सोनम अभिनेता अनिल कपुरकी जेठी छोरी हुन्।

प्रतिक्रिया दिनुहोस्