डिप्लो र मो टुबोर्ग ओपनको साथ, नयाँ अनुभवको लागि स्टे ओपन



नेपाल समाचारपत्र
काठमाडौं
डेनिस ब्रान्ड टुबोर्गले पहिलो सांगीतिक अभियानको सफलतापछि ‘टुबोर्ग ओपन’ फेरि आयोजना गर्ने घोषणा गरेको छ। यस वर्ष विश्व प्रख्यात कलाकार ‘डिप्लो’ र ‘मो’बीच सहकार्य गराई विश्वभरका कलाकारसँग संयोजन गरी नयाँ सांगीतिक ट्र«याकहरू बनाउने भएका छन्।

अर्को वर्ष टुबोर्ग ओपनले फेरि उत्कृष्ट संगीतकारसँग मिलेर केही विशेष रचना गर्ने जनाएको छ। एउटै सन्देश भएको गीतलाई विश्वभरका प्रत्येक सहयोगी कलाकारले आफ्नो स्थानीय संस्कृति र विविधता झल्काउने आफ्नै शब्दहरूका साथ भनिनेछ। टुबोर्गको एसिया र युरोप भरिको प्रमुख बजारका कलाकारहरूले मानिसलाई आफ्नै तरिकामा ‘ओपन टु मोर’ हुन पे्रेरित गर्ने कम्पनीले विश्वास छ। उक्त गीतको अर्थले भरोसाको शक्ति र खुल्ला मनोवृत्तिले हामी सबैको जीवनको मूल्य बढाउँछ भन्ने कुरामा जोड दिएको छ।

अमेरिकी निर्माता तथा डिजे ‘डिप्लो’ जो अघिल्लो वर्षको अभियानमा सहभागी थिए भने उनले यसवर्ष डेनमार्कका कलाकार ‘मो’को पनि साथ पाएका छन्। डिप्लो र मो मिलेर ‘स्टे ओपन’ नामक ट्र«याक रचना गरेका छन्। जसमा, विश्वभरका कलाकारहरूलाई ‘ओपन टु मोर’हुनुको औचित्य, आफ्नै शब्दमा प्रस्तुत गरी पुनःलेखन गर्ने निम्तो गरिएको छ। यसमा नेपालका केही लोकप्रिय स्थानिय कलाकारहरूसँग पनि सहकार्य गर्ने लक्ष्य लिइएको छ। तर, नेपाली कलाकारको नाम भने सार्वजनिक भएको छैन। नेपाललगायत चीन, बुल्गेरिया र म्यानमारका कलाकारहरू निश्चित हुन बाँकी रहेको कम्पनीले जनाएको छ। इटालीमा हुने यस अभियानको नेतृत्व भने गायक तथा गीतकार ‘लेभान्टे’ले गर्ने तय भइसकेको छ।

यस वर्षको अभियान बारे बोल्दै डिप्लोले भने – ‘टुबोर्ग ओपनको दोस्रो वर्षमा पनि सहभागि हुँदा निकै उत्साहित छु। यस वर्ष टुबोर्ग हामीमाझ ‘ओपन टु मोर’ हुने विचारको साथ आएको छ र मो र म ‘स्टे ओपन’ट्र«याकमा काम गरिरहेका छौं। यस ट्र«याकले मानिसमा नयाँ व्यक्ति र नयाँ अनुभवहरूका लागि खुल्ला सोच हुनुपर्ने आवश्यकताको बारेमा रहेको छ।’ उक्त ट्र«याक यस अभियानलाई सुहँउँदो र विश्वभरका कलाकारहरू यस विचारलाई आफ्नो तरिकाबाट बदल्न र आफ्नै धारणाबाट खुल्ला सोच हुनुपर्ने विचार लिएर आईरहेका छन्। जुन यस योजनाको सबै भन्दा उत्कृष्ट पक्ष रहेको डिप्लोको भनाइ छ।

डेनिस गायक तथा गीतकार ‘मो’ले पनि विश्वव्यापी सहकार्य प्रक्रियाका लागि उत्साहित रहेको प्रतिक्रिया दिएका छन्। ‘मेरो लागि तयार भएको ट्र«याक पाउनलाई गरिने यात्रा नै उत्कृष्ट रहेको छ। नयाँ चल्तीहरूको बारेमा खुल्ला रुपले साेंच्दा हामीले कहिल्यै नमिल्ने भनेर सोंचेका कुराहरू कहिले–काही राम्रोसँग मिल्न जान्छ। शुरूमा आफुसँग भएको ट्र«याक पूर्ण रुपले फरक हुनेहुँदा निकै उत्साहित छु।’ उनको भनाइ छ।

उक्त विश्वव्यापी ट्र«याकको ११ मे २०१८ मा प्रदर्शनी हुनेछ। जसमा विश्वव्यापी र स्थानिय कलाकारहरूको आफू ‘ओपन टु मोर’भएको यात्राको कथा हुनेछ। अभियान अन्–प्याड र डिजिटलका साथ चल्नेछ र वर्षको अन्तमा डिप्लो र मो तथा स्थानीय कलाकारको साथ लाइभ सांगीतिक कार्यक्रम गरी अभियान समापन गरिनेछ।

टुबोर्गका अन्तर्राष्ट्रि«य बजार प्रबन्धक, मिलन शाहका अनुसार टुबोर्गको संगीतसँग लामो र गर्व हुने सम्बन्ध रहेको छ। जसले नयाँ शैली र कलाकारहरूलाई बजारमा चिनाउन मद्दत गर्दछ। ‘यस वर्षको टुबोर्ग ओपन अभियानमार्फत् हामी फेरि एकपटक विश्वभरका मानिस लाई ओपन टु मोर हुन प्रोत्साहन गर्दछौं। साथसाथै जिज्ञासु हुन, वरिपरिको संसार घुम्न, नयाँ अनुभवहरू संकलन गर्न र अरूसँग बाड्न प्रोत्साहन गर्नेछौं।’ शाहले भने।

प्रतिक्रिया दिनुहोस्