कोकाकोला स्थापनाको १३२ वर्ष पूरा



काठमाडौं, (नेस)
कोकाकोलाले आफ्नो स्थापनाको १३२ वर्ष पूरा गरेको छ। सन् १८८६ मे ८ मा स्थापना भएको यो कम्पनीले आफ्नो स्थापनाको १३२ वर्ष पूरा गरेको हो। यसको उत्पादनको परिकल्पना एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले यो स्वादिस्ट पेय पदार्थको उत्पादन शुरू गरेका हुन्।

डा. पेम्बरर्टनका पार्टनर र बुक फ्रान्क एम.रोबिन्सनले यो पेय पदार्थको नाम कोकाकोला राखेका थिए। उनले नै यसको डिजाइन र ट्रेडमार्क दर्ता गरेका हुन्। जुन अहिलेसम्म प्रयोगमा आइरहेको छ। डा. पेम्बर्टनले यसको सिर्जना गरेपछि यसलाई अमेरिकी बजारमा फैलाउने काम एस जी क्यान्डलरले गरेका हुन्।

विश्वका २ सयभन्दा बढी देशमा कोकाकोलाको उत्पादन हुने गरेको छ। नेपालमा पनि कोकाकोला सन् १९७९ मे ८ मा स्थापना भएको हो। अहिले नेपालमा कोकाकोलाको २ वटा प्लान्ट सञ्चालनमा रहेका छन्। एउटा उपत्यकाको बालाजु औद्योगिक क्षेत्रमा छ भने अर्को चितवनको भरतपुरमा रहेको छ। कोकाकोला कम्पनीले विश्व भरिनै रिफ्रेस, प्रेरक र भ्यालु क्रियटलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ।

नेपालमा कोकाकोलाले व्यवसायमा स्थिरतलाई नै मान्यता लिएर अगाडि बढेको छ। कोकाकोला नेपालले नेपालमा रहेका विभिन्न सरकारी अर्धसरकारी र समुदायसँग ‘गोल्डेन त्रिकोण’को अवधारण निर्माण गरी काम गर्दै आएको छ। यस्ता कार्यक्रम मार्फत साझेदारी गरि सरकारी तथा गैरसरकारी संस्था, समुदायलाई सक्रिय रुपमा सहयोग गर्दै सकारत्मक प्रभाव पु¥याउने प्रतिबद्धता जनाउँदै आईरहेको छ। कम्पनीले जलस्रोत, खानेपानी, सामुदायिक विद्यालयमा संचालित (वास) कार्यक्रम, फोहोर संलकन तथा महिला सशक्तिकरण जस्ता कार्यक्रमलाई अगाडि बढाउँने योजना समेत बनाएको छ।

बोर्टलर्स नेपालका प्रबन्ध निर्देशक पुनित वाश्र्ने भन्नुहुन्छ–‘कोकाकोलाको १३२औं वार्षिकोत्सवमा हामी हाम्रा ग्राहकसंँग उनीहरूको प्रिय ब्रान्डप्रतिकोे स्नेह मनाउँदै छँंै। नेपालले हामीलाई चार दशकदेखि माया गरिरहेको छ र यो खुशीको क्षण नेपालीहरूसंग मनाउन पाउँदामा म निकै हर्षित छु।

नेपाली ग्राहकलाई यो यात्राको लागि ह्दयदेखि नै धन्यबाद दिन चाहनछौं।’ त्यस्तै कोकाकोला कम्पनीका कन्ट्री डाइरेक्ट अम्बुज सिंहले सबै संस्कृति, जीवनशैली तथा पृष्ठभूमिका उपभोक्ताले कोकाकोला ब्रान्डलाई निकै नै माया दिएको बताउँदै उपभोक्ताको चाहानालाई पूरा गर्ने प्रतिबद्धता रहेको धारणा व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्