डा. देवकोटाको जीवन बिरामीमा समर्पित



नेपालमा एक समय एकछत्र रूपमा नसा सम्बन्धी उपचाका लागि ख्याति कमाउनुभएका वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा यति बेला आफै बिरामी परेर झण्डै ६ महिनादेखि अरुलाई सेवा दिन नभै अरुबाटै स्वास्थ्य सेवा लिँदै हुनुहुन्छ। उहाँको नाम नै स्वास्थ्य क्षेत्रको निकै उच्च ओहदाको पहिचान हो।

स्वास्थ्य क्षेत्रमा निकै ख्याती कमाउनुभएका डा.देवकोटा नेपालको मात्र नभै विश्वमा नै परिचित नाम हो। उहाँको पहिचान व्यक्तिगत नभै पेशागत लगनशीलता र सफलताकको हो। उहाँको हातले छोएका धेरै बिरामीले आफुलाई भाग्यमानी सम्झदै आधा रोगको पिडा भुल्न सक्थे। तर यति बेला उहाँ आफै बिरामी परेर थलिनुभएको छ। साढे पाँच महिना लामो अवधि बेलायतमा उपचार उपचार गराई गत साता नेपाल फर्किनु भई आफैले स्थापना गरेको बाँसवारी स्थित न्यूरो अस्पतालमा उपचार गराईरहनुभएको छ।

पित्त थैलीमा समस्या भएर बेलायतमा श्रीमती र छोरीका साथ बसेर उपचार गराई सुधारात्मक अवस्थामा गत साता शनिवार नेपाल फर्केर अस्पताल भर्ना हुनुभएको हो। उहाँ उपचारका लागि विदेश जानुभएको खबर एकाएक संचारमाध्यममा छाउँदा उहाँका आफन्त तथा शुभचिन्तकहरूले स्वास्थ्य लाभको सन्देश तिनै संचार माध्याममार्फत दिएका थिए। आज उहाँ नेपालमा पुग्नुभएको खबरले निकै खुशी हुँदै अस्पताल प्रांङ्गाणमा दैनिक सयौको संख्यामा भीड लाग्ने गरेको पाइन्छ।

उहाँको स्वास्थ्यलाई ध्यानमा राखी न्यूरो अस्पताललेसके सम्म भेट्ने कोसीस नगर्नुस र लामो समय उहाँसँग भेटने चाहना नराखीदिनुहोला। डा.देवकोटाको स्वास्थ्य अवस्था स्थिर रहेको र धेरै मानिसले भेटघाट गर्दा अन्य समस्या तथा संक्रमण हुन सक्छ भनि विज्ञप्ति नै जारी गरेको थियो।

धेरै बिरामीका मन, मुटु र मष्तिष्कमा छाउनुभएका डा. देवकोटाले न्यूरो अस्पतालको बेडमा बसेर अब म आफै बिरामी भएर बसेको छु सायद यसपछि बिरामीलाई सेवा दिन संक्तिन्न भनिरहँदा धेरै बिरामीले पिडाबोध गरिरहेका छन्। नेपालका निकै अनुभवी र व्यावहारिक व्यक्तित्वका धनी डा देवकोटाको स्वास्थ्य लाभको कामना गर्दै डा.बाबुराम भट्टराईले उहालाई भेटी जनसमक्ष सामाजिक संजाल फेसबुक मार्फत सन्देश सार्वजनिक गर्नुभएको थियो। डा.देवकोटाको स्वास्थ्य लाभको कामना झण्डै ६ महिनादेखि नै गर्दै आएका डाक्टर, नर्स, बिरामीका आफन्त, बिरामीहरू, सुभचिन्तक, नेताहरूको भीड अस्पतालमा लागीरहेको छ।

बेलायत रहँदासम्म उहाँको रोग र स्वास्थ्य अवस्थाबारे विभिन्न अडकल काटिएको थियो। तर नेपाल आएपछि उहाँ आफैले आफूलाई असाध्य रोग लागेको भन्दै अवस्था गम्भीर भएको समेत खुलासा गर्नुभएको छ। अहोरात्र गम्भिर बिरामीका साथमा बिताउनुभएका डा. देवकोटा यतिबेला आफै बिरामी परेर अस्पताल बस्नुपर्दाको क्षण अत्यन्तै पिडादायी भएको छ।
न्युरो सर्जरीमा एसियाकै अव्वलमध्ये गनिने डा देवकोटा गम्भीर अवस्थामा पुगेपछि उहाँलाई भेटन र स्वास्थ्य लाभको कामना गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, डा बाबुराम भट्टराई, गृहमन्त्री रामवहादुर थापा बादल, बिमलेन्द्र निधि लगायत अन्य राजनीति दल नागरिक समाज सर्वसाधारण तथा आफन्तहरूको भिड लागेको छ।

अस्पताल पुगेर पुस्तिकामा नाम दर्ता गर्ने र नगर्ने सबैले डा देवकोटाको स्वास्थ्य लाभको कामना गरेका छन्। अस्पताल पुग्न नसक्ने देशबिदेशमा रहने सबैले डा. देवकोटाको स्वास्थ्य लाभको कामना गर्दै आ आफ्ना फेसबुक, टुईटरबाट सन्देश सार्वजनिक गरिरहेका छन्। यतिबेला डा.देवकोटा रोगसँग ठुलो संघर्ष गरिरहनुभएको छ।

प्रतिक्रिया दिनुहोस्