कभ्रेको नमोबुद्धमा हेलिकप्टरबाट पुष्पबृष्टी



काभ्रे(नेस)

२५६२ औ बुद्धजयन्तिको अवसरमा नमोबुद्ध भगवान घ्याङ्ग गुठी ब्यवस्थापन समितिको आयोजनामा बुद्धको रथ यात्रा, विश्व शान्ति पूजा, त्रिपिटक(काँग्युर)को दर्शन गराई हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको छ ।

नमोबुद्धमा घुम्न आएको बखत महासत्व राजकुमारले बघिनी र उसका पाँचवटा डम्बरुलाई भोकै देखेपछि आफ्नो नाडीबाट रगत निकाली दिएपछि रगत सकिएर पुरै शरिर नै बघिनीले खाएर आफ्ना डम्बरु बचाएको इतिहास छ । नमोबुद्धमा महासत्व राजकुमारले देह त्याग गरेपछि सोहि स्थानलाई नमोबुद्धका रुपमा चिनिदै आए पनि इतिहास अनुसार प्रचार प्रसार हुन नसकेको सरोकारवालाहरुले बताएका छन् ।

कानुन तथा न्याय मन्त्री शेरबहादुर तामाङले मन बुद्धको जस्तै बनाउँदै मुलुकमा शान्ति स्थापना मार्फत भ्रष्टाचार अन्त्य गर्नु पर्ने बताए । ‘बुद्धको जस्तो धार्मिक मन लिएर मुलुकलाई शान्ति मार्फत सम्वृद्ध बनाउनु पर्छ’–मन्त्री तामाङले भने–‘मान्छेका मनमा बुद्ध पसेनन र राक्षस बसे भने कहिल्यै शान्ति र स्थिरता हुन सक्दैन ।’ सरकारको संकल्प विकास, शान्ति र सम्वृद्धी भएकाले बुद्धको जस्तो मन लिएर अगाडी बढ्न सबैलाई अनुरोध गरे ।

ब्यवस्थापन समितिका अध्यक्ष लोप्साङ्ग बज्र लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सांसदहरु चन्द्र लामा, गोमा भुर्तेल, जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा, मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवा, नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङ, विभिन्न वडाका वडा अध्यक्षहरु, विभिन्न पार्टीका नेताहरु लगायत बौद्धधर्मालम्वीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्