आफैंले गोली हान्न लगाएको खुलासापछि धर्मगुरु आचार्य श्रीनिवास पक्राउ



नेपाल समाचारपत्र, विराटनगर । विराटनगरमा गोली लागेर घाइते भएका धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको छ । उनी भारतको राजधानी नयाँ दिल्ली जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सोमबार पक्राउ परेका हुन् ।

प्रहरीको अनुसधानपछि आफैंको योजनामा गोली प्रहारको घटना घटेको खुल्न आएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । उनले हिन्दुराज्यको पक्षमा लबिङ गर्दै आएका छन् ।

तर, केही उपाय गर्दा पनि देशलाई हिन्दुराज्य बनाउन नसकिएपछि यस्तो विधि अपनाउनुपरेको श्रीनिवासाचार्यले प्रहरीलाई बयान दिएको मोरङ प्रहरीले जनाएको छ ।

उनीमाथि चैत २४ गते मोरङमा गोली प्रहार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्