५ नम्बर प्रदेशको वेवसाइट र प्रदेश सदस्यको लोगो सार्वजनिक



यमलाल भुसाल, बुटवल ।

प्रदेश नम्बर ५ को पहिचान दिने प्रदेश चिन्ह अर्थात लोगो सार्वजनिक भएको छ ।

माथि सिस्ने हिमाल,बीचमा गौतमबुद्ध जन्मस्थल लुम्बिनी तथा शान्ति दीप, छेउमा धान र जौका बाला र तल लैङगिक समानता झल्किने प्रतिक सहित लोगो तयार पारि सार्वजनिक गरिएको छ ।

लोगोलाई सोमवार बुटवलमा विशेष कार्यक्रमका बीच प्रदेश ५का सभामुख पूर्ण घर्ती लगायतले सार्वजनीक गर्नु भयो ।

लोगो बनाउनका लागि गत ०७४ फागुन २४ गते संचार माध्यम मार्फत सार्वजनिक रुपमा नमूना आव्हान गरिएकोमा १२ जनाले सहभागिता जनाएको संसद सचिबालयका सचिब डा. मानबहादुर बिकले बताउनु भयो ।

प्रदेशसभा ५ सचिवालयका अनुसार सहभागिता जनाएका १२ जना मध्येबाट दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका १ का खगेश्वर भण्डारीले प्रदेशसभा सदस्यका लागि निर्माण गरेको लोगो छनौट गरिएको छ । भण्डारी प्रथम भएका छन् । उनलाई नगद २५ हजार रुपैयाँले पुरस्कृत गरिएको छ ।

त्यस्तै प्रदेशसभा ५ को आधिकारीक बेवसाइट www=pradeshsabha=p5=gov=np को पनि सोमबार सार्बजनिक गरिएको छ ।

त्यस्तै गरी प्रदेशसभा संचालनका तथा ब्यबस्थापनका लागि प्रदेशसभाबाट सर्बसम्मतिले पारित भएको प्रदेशसभा नियमावली २०७४ सहित प्रदेशसभाका विविध बिषय समेटिएको पुस्तक पनि सार्बजनिक गरिएको छ  ।

 

प्रतिक्रिया दिनुहोस्