आईपीएलः मुम्बइसँग कोलकाता १३ रनले पराजित



काठमाडौं । आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई १३ रनले पराजित गरेकाे छ । आइतबारको पहिलो खेलमा मुम्बइले कोलकातालाई १३ रनले हराउँदै महत्वपूर्ण २ अंक थपेको हो ।

१ सय ८२ रनको लक्ष्य पछ्र्याएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन मात्र बनाउन सक्यो । कोलकाताका लागि रोबिन उथप्पाले ३५ बलमा ५४ तथा दिनेश कार्तिकले २६ बलमा नटआउट ३६ रन बनाएपनि जीतका लागि पर्याप्त भएन ।

मुम्बईका हार्दिक पाण्ड्याले दुई विकेट लिए । मुम्बइमा टस हारेर पहिले व्याटिङ गरेको घरेलु टोलीले ४ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।

मुम्बईका लागि सूर्यकुमार यादवले ५९ एभिन लेविसले ४३ र हार्दिक पाण्ड्याले नटआउट ३५ रन बनाए । कोलकाताका सुनिल नाराइन र आन्द्रे रसेलले दुई–दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्