भैरहवामा आधुनिक गायन



नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले भैरहवामा आधुनिक गायन प्रस्तुति–२०७५ सम्पन्न गरेको छ।
गजलकार बुँदा रानाको प्रमुख आतिथ्यता, सिद्धार्थनगर नगरप्रमुख हरि अधिकारीको आतिथ्यता र प्रतिष्ठानका उपकुलपति शम्भुजित बासकोटाको आध्यक्षतामा शुक्रबार सम्पन्न कार्यक्रम आधुनिक गीतमय भएको थियो। कार्यक्रममा चर्चित गायक गायिकले आफ्नादेखि अग्रजसम्मका कालजयी गीत–संगीत प्रस्तुत गरेका थिए।

भैरहवाको होटल पौवामा चलेको कार्यक्रममा गायिका निशा देशार, टीका प्रसाईं, मनीषा पौडेल, आकांक्षा भण्डारी, रूपा चौधरी, तेजु अर्याल, गायकहरू सञ्जय तुम्रुक, मनोहर सुनाम, अर्जुन मिश्र, श्रीनिवास चौधरी, राजु दर्लामीलगायतले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेका थिए। अग्रज गजलकार बुँद रानाले कार्यक्रममा यस्ता संंगीतिक कार्यक्रमले स्थानीय र राष्ट्रिय कलाकारलाई जोड्दै आधुनिक संगीतको प्रवद्र्धन गर्ने चर्चा गरे। उनले आफ्ना चर्चित ४ गजल प्रस्तुत गरेका थिए।

कार्यक्रम संयोजक प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य एवं संगीत विभाग प्रमुख उन्नति बोहरा ‘शिला’ ले नेपाली आधुनिक गीत–संगीत र स्थानीय लोक संस्कृतिको संरक्षण गर्न कार्यक्रम आयोजना गरिएको बताइन्। प्रतिष्ठानका उपकुलपति बासकोटाले नेपाली गीत–संगीत, नृत्य एवं नाटकको विधामा प्रतिष्ठानले निरन्तर काम गरिरहेको जनाउँदै आधुनिक गीतको प्रवद्र्धनका लागि यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताए।

प्रतिक्रिया दिनुहोस्