सिर्जनाको मीठो बोली



हाउडे मायाकी गायिका सिर्जना खत्रीले आफ्नो चौथो गीत मीठो बोली बजारमा ल्याएकी छिन्। स्वर र शब्द सिर्जनाकै रहेको डान्सिङ नम्बरको गीतमा संगीत मनोजराज शिवाकोटीको रहेको छ।

युवराज वाइबाले निर्देशन र तेन्जु योञ्जनको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा मोडलहरू रोसनी, जुना र नवीनाले कम्मर मर्काएका छन् भने भिडियोमा सिर्जनसमेत छाएकी छिन्।


सिन्धुपाल्चोक त्रिपुरासुन्दरीकी सिर्जनाले पहिलो गीत हाउडे माया बजारमा ल्याएकी थिइन्। जसका कारण उनी हाउडे माया उपनामबाट दर्शकमाझ परिचित भइन् भने शिरमा सिन्दुर र लाहुरे माया जस्ता गीतहरूले उनको सांगीतिक जीवनमा उचाइ थप्यो। सिर्जना थोरै गीतबाटै दर्शकबीच परिचित र आयोजकहरूको रोजाइमा पर्ने गायिकामा पर्छिन्।

तिर्सना म्युजिकले बजारमा ल्याएको गीतको म्युजिक भिडियोलाई उत्सव दाहालले छायांकन र निशान घिमिरेले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्