यौनिक तथा लौगिकं अल्पसंख्यक समुदायको समस्या जस्ताको तस्तै



सरोज यादव, विराटनगर
पूर्वमा रहेका यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका मानिसहरुले आफुहरुले पाउनु पर्ने हक र अधिकार सहज रुपमा पाउन नसकी रहेको गुनासो गरेका छन । यौनिक तथा लौगिंक अल्पसंख्यकहरुको हक अधिकारको क्षेत्रमा काम गर्दै आएको नील हिरा समाजले इटहरीमा आयोजना गरेको पत्रकारहरुसंगको अन्तरक्रियामा आफुहरुले पाउनु पर्ने हक अधिकार सहज रुपमा पाउन नसकेको गुनासो गरेका हुन ।
घरपरिवारका मानिसहरुले समेत सहज रुपमा आफुहरुलाई स्वीकार गरिदिने वातावरण समेत वनिनसेको कारण पनि यौनिक तथा लौगिकं अल्पसंख्यकहरुले अझै पनि समस्या झेल्नु परिरहेको नील हिरा समाजका अनुज पिटरले जानकारी दिए । उनले समलिगंी विवाहलाई कानुनि मान्यता समेत नदिएका कारणले समेत समलिगंहरुले विभिन्न खाले समस्या झेल्नु परिरहेको समेत गुनासो गरे । नील हिरा समाज इटहरीका सुमन तामागंले मुलुक संघियतामा गई सकेकोले प्रदेससभाले कानुन वनाउदा यौनिक तथा लौगिकं अल्पसंयकहरुको हक अधिकार समेटेर वनाउनु पर्नेमा जोड दिए ।
नेपाल सरकारले तेस्रो लिगींलाई नागरिकता दिने व्यवस्था गरेपनि नागरिकता पाएपछि आफुहरुका अन्य शैक्षिक तथा अन्य प्रमाणपत्रहरुमा नाम सच्चाउन नमिल्ने तथा झन्झटीलो भएको समेत उनीहरुको गुनासो रहेको छ । नागरिकताका साथै सवै प्रमाणपत्रहरुलाई तेस्रो लिगंी खुल्ने बनाउने तर्फ सरकारको ध्यान जानुपर्नेमा उनीहरुले जोड दिए ।
कार्यक्रममा सहभागी चञ्चला लगायतका सहभागीहरुले समेत सेवाप्रदायक सवै निकायहरुमा अन्य मानिसहरुले झै आफुहरुले पनि सहज रुपमा सेवा लिन सक्ने वातावरण वनाउने तर्फ सर्वपक्षिय ध्यान जानु पर्नेमा जोड दिए । राजनैतिक दलहरुले समेत आफुहरुलाई उपेक्षा गरेको भन्दै जिम्मेवार पदमा आफुहरुलाई ठाँउ नदिएको भन्दै राजनैतिक दलहरु प्रति पनि उनीहरुले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्