नेपालमा न्युजिल्यान्ड अस्ट्रेलिया अमेरिका स्पाइन कन्फ्रेन्स



नेपाल समाचारपत्र
काठमाडौं
काठमाडौंमा न्युजिल्यान्ड अस्ट्रेलिया अमेरिका स्पाइन कन्फ्रेन्स २०१८ सम्पन्न भएको छ। ‘स्पाइनल डीफर्टी एन्ड इम्ब्यालेन्स (ग्लोबल ट्रेन्ड) शीर्षक दिइएको सम्मेलनमा नेपालसँगै न्युजिल्यान्ड, अस्ट्रेलिया र अमेरिकाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू सहभागी भएका थिए।

सम्मेलनमा स्पाइन अर्थात मेरुदण्ड सम्बन्धि बिभिन्न समस्याहरू तथा रोगहरू र उपचारमा भइरहेको विश्वव्यापी अभ्यासबारे गहन छलफल भएको थियो। विशेष गरी एडल्ट डिफर्मिटी तथा बालबालिकाहरूमा देखिने ढाडसम्बन्धी समस्या जस्तै स्कोलियोसिसलगायतका समस्याहरू बारे सहभागीहरूले आ–आफ्नो अनुभव आदानप्रदान गरेका थिए।

एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपाल स्पाइन हेल्थ इन्टरनेसनल तथा ग्रान्डी अन्तर्र्रािष्ट्रय अस्पतालको संयुक्त आयोजनामा भएको दुईदिने सम्मेलनको नेतृत्व कोर्स कोअर्डिनेटरका रूपमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको स्पाइन सर्भिसेजका डाइरेक्टरसमेत रहनुभएका कन्सल्ट्यान्ट अर्थोपेडिक तथा स्पाइन सर्जन डा. विनोद बिजुक्छेले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्