खुद्रा व्यापारका बादशाह जगतियानी



काठमाडौं, (नेस)
खुद्रा व्यापार क्षेत्रका सम्राट भनेर चिनिने भारतीय मूलका व्यापारी मिकी जगतियानी पश्चिम एसियाली क्ष्ँेत्रका धनीहरूको सूचीमा अग्रस्थानमै अटाउँछन्। पढाइमा कमजोर भएकै कारण कलेज ड्रपआउट मिकीको सफलता भने निकै प्रेरणादायी र अनुकरणीय छ।

१६ अगस्ट १९६२ मा भारतको मुम्बईमा जन्मिएका मिकी मुकेश जगतियानीले आफ्नो जीवनकालमा जे गरे आफ्नै हैसियतले गरे र जे बने आफ्नै मेहनतका कारणले बने। अर्वपति व्यक्ति सडकमा पुगेको र सडकको व्यक्ति अर्बपति बनेको अनगिन्ती उदाहरणहरूमा जगतियानी दोस्रा श्रेणी भित्र पर्छन्। उनले शून्य काम बाट शुरू गरेर पनि सफल व्यक्ति बने। कुनै व्यक्तिगत र पारिवारिक सहयोगबिनै उनले सफलता पाए। जसको कारण उनमा भएको दृढ इच्छाशक्ति र लगनशीलता हो।

कलेजबार ड्रपआउट जगतियानीलाई व्यावसायिक सफलता पाउन निकै संघर्ष गर्नु परेको थियो। पारिवारिक कारोबार सम्हाल्नुभन्दा पहिले उनले लण्डनको सडकमा ट्याक्सी चलाउने काम समेत गरे। अहिले जगतियानी दुबईमा बस्छन् भने उनको खुद्रा व्यापार कम्पनी ल्याण्डमार्कले विभिन्न मुलुकमा सफलताको झण्डा गाड्दै गएको छ। भारत, पाकिस्तान र खाडीमुलुकहरूका अलावा स्पेन र चीनसमेत गरी १५ देशमा ल्याण्डमार्क कम्पनीको ९ हजारभन्दा बढी रिटेल स्टोरहरू रहेका छन्। उक्त कम्पनीमा ३२ हजारभन्दा बढी व्यक्तिले रोजगारी पाएका छन्। उनलाई रिटेल किंङ अर्थात् खुद्रा व्यापारका बादशाह भनेर चिन्छन्। अन्तराष्ट्रिय फोब्र्सका अनुसार उनको कूल सम्पत्ति ४ अर्ब ३० करोड अमेरिकी डलर बराबर रहेको छ। उनी विश्वका ४ सय ८० औं र भारतका २५ औं धनी व्यक्ति हुन्।

जगतियानी समाजसेवामा पनि निकै सक्रिय छन्। उनले आफ्नो कमाइको ठूलो हिस्सा ल्यान्डमार्क इन्टरनेसनल फाउन्डेसन फर इम्पावरमेन्ट (लाइफ) नामक ट्रस्टलाई दान दिने गरेका छ।

उनको स्कुल शिक्षा भारतको मुम्बईबाट शुरू भयो। उच्च शिक्षाका लागि उनले लण्डन अकान्टिङ स्कुलमा भर्ना भए। तर जगतियानीको पढाई लेखाईमा रुची भने पटक्कै थिएन। पढाईमा औसतभन्दा कम जगतियानीले कलेजमा जानै छोडिदिएपछि उनलाई ड्रपआउट गरिएको थियो। उनको परिवार आप्रवासी भारितयका रूपमा कुबेत आएको थियो भने उनलाई पढाईका लागि बेलायत पठाईएको थियो। तर जगतियानी कलेजले लिने कुनै पनि परीक्षामा सहभागी भएनन्। जसका कारण उनलाई कलेजले ड्रपआउट गर्यो। उनी बेलायतमा हुँदा नै उनका अविभावकको मृत्यु भईसकेको थियो। २१ वर्षको उमेरमा उनको परिवारमा उनी एक जनामा मात्र सिमित भयो। उनको जीवनको संघर्ष लण्डनबाट ट्याक्सी चालकको रूपमा शुरू भयो। केही वर्षपछि उनी बहराईन फकिए र होटलमा वेटरको रूपमा काम गरे। केही वर्ष त्यस क्षेत्रमा काम गरिसकेपछि उनले ६ हजार अमेरिकी डलरको लगानीमा उनले ‘बेबी सप’ खोले। व्यवसायिक रूपमा सफल हुन उनी एउटा मात्र पसलमा सीमित भएका त्यसका शाखा विस्तार गर्दै गए र सफलता पाउँदै गए।

जगतियानी समाजसेवामा पनि निकै सक्रिय छन्। उनले आफ्नो कमाईको ठूलो हिस्सा ल्याण्डमार्क इन्टरनेसनल फाउण्डेसन फर इम्पावरमेन्ट (लाईफ) नामक ट्रस्टलाई दान दिने गरेका छ। उक्त ट्रस्टले भारतमा एक लाख भन्दा बढी स्कले विद्यार्थीको, पढाई लेखाई, प्राविधिक प्रशिक्षण, विभिन्न किसिमका ट्रेनिङ र स्वास्थ्य सुविधाको सेवा दिईरहेको छ। जगतियानी आफूलाई निकै आस्तिक व्यक्ति रहेकोमा स्वीकार्छन। ‘म जे छु त्यो भगवानका कारणले छु। मैले आफ्नो पढाई छोडेर व्यापार व्यवसायमा नलागेको भए पढाई पूरा गर्न मात्रै मेरो आधा जीवन गुज्रिन्थ्यो। त्यसकारण भगवानले जे गर्छन् राम्रोको लागि गर्छन्। तर सही अवसरलाई सही समयमा सही तरिकाले सदुपयोग गर्न सक्नुपर्छ।’ जगतियानीको भनाई छ।
(विभिन्न अन्र्तराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)

 

प्रतिक्रिया दिनुहोस्