एनसीसी बैंकको हल्लनचोकमा नयाँ शाखा खुल्यो



काठमाडौं, (नेस)
नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक) ले बागलुङ नगरपालिका–३, हल्लनचोकमा शाखा स्थापना गरेको छ। उक्त शाखाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले गर्नुभयो।

उक्त कार्यक्रमको अध्यक्षता गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले एनसीसी बैंक स्थानीय निकायसंँग समन्वय गरी अगाडि बढने बताउनुभयो।

एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले यस क्षेत्रमा स्थापना भएको यस शाखाले गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्ति गर्नु भएको थियो।

एनसीसी बैंकले यस आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा ५९ दशमलव १ अर्ब निक्षेप संकलन गरी ५२ दशमलव १२ अर्ब रुपियाँ कर्जा प्रवाह गरेको जनाएको छ। साथै सोही अवधिमा बैंकको खुद नाफा ५४ दशमलव ३१ करोड रहेको छ। गत आर्थिक वर्षको यसै अवधिको खुद नाफा १६ दशमलव ७६ करोडमात्र रहेको थियो।

प्रतिक्रिया दिनुहोस्