सांग्रिला डेभलपमेन्ट र लाइफ इन्स्योरेन्सबीच बैङ्कासुरेन्स सम्झौता



काठमाडौं, (नेस)
सांग्रिला डेभलपमेन्ट बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)बीच बैङ्का सुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। शुक्रबार आयोजित एक कार्यक्रममा सोसम्बन्धी सहमतिपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल र लाइफ इन्स्योरेन्स कर्पोरेशनका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत अभिजित घोस दास्तिदारले हस्ताक्षर गर्नुभएको हो।

उक्त सम्झौताअनुसार यस बैंकका ग्राहकहरूले बैंकको जुनसुकै शाखाबाट लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिले प्रदान गर्ने जीवन बीमासम्बन्धी सम्पूूर्ण सेवा सहजरूपले लिन सक्नेछन्। यसरी बैंकले आफ्ना ४० वटा शाखाहरूबाट बैंकिङ सेवाको अतिरिक्त सेवामा विविधीकरण गर्दै बीमासम्बन्धी सेवा पनि प्रदान गर्न लागेको प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्