गाडी ग्यारेजमा थन्काएपछि सर्वसाधारणको विचल्ली (फोटोफिचर)



नेपाल समाचारपत्र, काठमाडौँ । यातायात क्षेत्रमा सिन्डिकेट तोड्ने सरकारको तयारीसँगै यातायात व्यवसायीहरुले शुक्रबार सार्वजनिक यातायात बन्द गरेका छन् ।

विभिन्न मागसहित सरकारी निर्णयविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मुल समितिले आज आ–आफ्नो गाडीहरुलाई ग्यारेजमा थन्काएका हुन् । सडकमा सार्वजनिक यातायात नचलेपछि उपत्यकाबाट बाहिरिने सर्वसाधारणहरु अलपत्र परेका छन् । यातायात व्यवसायीको आन्दोलनको बीचमा साझा यातायात, अन्नपुर्ण लगायतले भने सेवा जारी राखेका छन् ।

​सिन्डिकेट पक्षधर संघ र समितिले सवारी नचलाए पनि कम्पनीमा दर्तावालहरु र निजी सवारी साधनहरुले सडकमा सवारी निकालेर सिन्डिकेटलाई बहिस्कार गरेका छन्।

तस्विर– अनिल आङदेम्बे, काठमाडौँ







प्रतिक्रिया दिनुहोस्