साढे २२ खर्ब निक्षेप, पौने २० खर्ब लगानी



नेपाल समाचारपत्र
काठमाडौं
२८वटै वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको नौ महिनामा २२ खर्ब ५५ अर्ब रुपियाँ निक्षेप संकलन गरी १९ खर्ब ७९ अर्ब रुपियाँ लगानी गरेका छन्। तरलता अभावका कारण बैंकहरूले कर्जा लगानीकम कडाइ गरेको भए पनि चैतको दोस्रो साताबाट सरकारी खर्चमा भएको वृद्धिपछि निक्षेप हु“दा कर्जा लगानी पनि सुधार भएको छ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सबै वाणिज्य बैंकले सार्वजनिक गरिसकेको आधारमा वाणिज्यहरूको निक्षेप र पुजीको तुलनामा कर्जा लगानी अनुपात सीसीडी रेसियो ७७ दशमलव ५१ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकको नियम अनुसार सीसीडी रेसियो ८० प्रतिशतभन्दा माथि हुनु हु“दैन। सीसीडी रेसियो ८० प्रतिशतनजिक भएका कारण बैंकहरू थप कर्जा लगानी गर्न सकिरहेका छैनन्। नया“ बजेट आउनै लागेको सन्दर्भमा पुरानो बजेट सकाउन धमाधम खर्च गर्ने र निर्माण भइसकेका आयोजनाको भुक्तानी पनि दिइने भएकाले निक्षेप बढ्ने अनुमान गरिएको छ।

तेस्रो त्रैमाससम्म १ खर्बभन्दा बढी निक्षेप संकलन गर्न ६ वटा बैंकहरू सफल भएका छन्। सबैभन्दा बढी निक्षेप संकलन गर्ने बैंकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। सो बैंकले यस अवधिमा १ खर्ब ५३ अर्ब २२ करोड ३९ लाख रुपिया“ निक्षेप संकलन गरेको छ। त्यस्तै दोस्रोमा एनआईसी एसिया बैंक रहेको छ। नौ महिनाको अवधिमा यस बैंकले १ खर्ब ३३ अर्ब ७२ करोड ६५ लाख रुपियाँ निक्षेप संकलन गरेको छ। तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंकको १ खर्ब ३० अर्ब १९ करोड ७४ लाख, चौथो स्थानमा नबिल बैंक १ खर्ब २३ अर्ब १ करोड ९४ लाख, पा“चौ एभरेष्ट बैंक १ खर्ब २३ अर्ब १ करोड ९४ लाख र छैठौमा ग्लोबल आइएमई बैंकले १ खर्ब ६ अर्ब ९४ करोड ४० लाख रुपिया“ निक्षेप संकलन गरेका छन्।

यस अवधिमा ३६ अर्ब ९० करोड ६३ लाख रुपियाँ मात्रै निक्षेप संकलन गर्दै सबैभन्दा कमजोर सिभिल बैंक देखिएको छ। सो बैंक कर्जा लगानी पनि कमजोर देखिएको छ। यस बैंकले यस अवधिमा जम्मा ३४ अर्ब ९२ करोड ४८ लाख रुपियाँ कर्जा लगानी गरेको छ। कर्जा लगानीको पहिलो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ। यस बैंकले १ खर्ब १८ अर्ब ८६ करोड ७ लाख रुपिया“ कर्जा लगानी गरेको छ। राष्ट्रिय वाणिज्य बैंकले १ खर्ब १२ अर्ब ८० करोड ७९ लाख रुपिया“ कर्जा लगानी गर्दै दोस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्