प्रभु लाइफ इन्स्योरेन्सको प्रदेश कार्यालय धनगढीमा



काठमाडौं, (नेस)
प्रभु लाइफ इन्स्योरेन्सले प्रदेश कार्यालय धनगढीको शुरूआत गरेको छ। प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बिहीबार शाखा शुभारम्भ गर्नुभयो। कार्यक्रममा कम्पनीका अध्यक्ष, निमित्त प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा मुख्यमन्त्री भट्टले नेपालमा जीवन बीमाको सम्भाव्य बजार धेरै भएकाले र बीमा कम्पनीले थप उत्तरदायी भएर सहज रूपमा जीवन बीमा सेवा उपलब्ध गराउन विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुुभयो।

कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमालाई गाउ सम्म पु¥याउने उद्देश्यसहित कम्पनी स्थापना भएको बताउ“दै बीमा बजारमा प्रभु लाइफ इन्स्योरेन्सले नया“ आयाम थप्ने दाबी गर्नुभयो।

कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले कम्पनीका हाल विभिन्न १९ शाखा कार्यालयबाट जीवन बीमा सेवा उपलब्ध रहेको र छिटोभन्दा छिटो कम्पनीले देशका सबै जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्ने योजना रहेको जानकारी गराउनुभयो।

२ अर्ब चुक्ता पुजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन्। कम्पनीले केही समयभित्रै ६० करोड रुपिया“बराबरको साधारण शेयर जारी गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्