नरगिसको प्रेम प्रमाण



बलिउडमा अभिनेत्री नरगिस फखरीको चार्म अलग छ। फिल्म रकस्टारमा अभिनय गरेपछि उनको लोकप्रियता चुलिएको थियो। हाल उनी कुनै पनि फिल्म गरिरहेकी त छैनन्, तर उनको प्रेमप्रसंगको खबर भने बेलाबेला बाहिरिने गरेको छ।

पछिल्लो समय क्रिसमसको अवसरमा उनले हलिउड म्युजिक प्रोड्युसर तथा डाइरेक्टर मेट एलानेजोका साथ सामाजिक सञ्जालमा केही तस्वीर राखेकी थिइन्। यसपछि उनका फ्यानहरूले उनले आफ्ना लागि लभ पार्टनर पाएको अडकल काटेका थिए।


अब भने नरगिस आफैले अनौठो तरिकाले आफूहरूबीचको प्रेम सम्बन्धका बारेमा खुलासा गरेकी छिन्। उनले सामाजिक सञ्जालमा एक तस्वीर राखेकी छिन्, जसमा उनको ट्याटु देखिएको छ। यो ट्याटु उनको सम्बन्धको प्रमाण हो। त्यसमा नगरिसले उनी र उनको प्रेमीको नामको पहिलो अक्षर एम र एन खोपाएकी छिन्।

साथै उनको हातभन्दा तल अर्को हात रहेको छ। जसमा उनको जस्तै एम र एन लेखिएको ट्याटु खोपिएको छ। यो हात मेटको नै हो भन्ने उनको विगतका गतिविधीले पनि प्रस्ट पार्छ।

प्रतिक्रिया दिनुहोस्