अल नेपाल डमरुको डन्डीबियो



आज शुक्रबारबाट देशभर पूर्व राष्ट्रिय खेल डन्डीबियोमा आधारित फिल्म डमरुको डण्डीबियो रिलिजमा आउने भएको छ।

प्रेम र पारिवारिक कथालाई डन्डीबियोसँग जोडेर निर्माण गरिएको फिल्म लेखक छेतन गुरुङले निर्देशन गरेका छन्। नोर्बु छिरिङ घले र विनोद गुरुङद्वारा निर्देशित फिल्ममा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङ, अंकित खड्का, अशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगी होप” कोइँच सुनवार, नमिता घिसिङलगायतका कलाकारले अभिनय गरेका छन्।

समृद्धि इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायांकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ। डमरुको डन्डीबियोसँगै आजैबाट झोर नामक अर्को फिल्म पनि रिलिजमा आउने भएको छ। यो फिल्म झोलाका निर्देशक यादवकुमार भट्टराईले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्