लिफ्ट प्रणालीबाट चौरजहारीमा खानेपानी पुग्दै



धनवीर दाहाल, रुकुम ।

रुकुम पश्चिमको चौरजहारीमा लिफ्ट प्रणाली मार्फत खानेपानीको व्यवस्था गर्न लागिएको छ । वषौंदेखी स्वच्छ पिउनेपानीको समस्या भोग्दै आईरहेका वडा नम्बर दुई र तीनका बासिन्दालाई खानेपानीको व्यवस्था गर्न लागिएको हो । भेरी नदीको किनारबाट चौरजहारी बजारमा केही दिनपछि पिउने पानीको व्यवस्था हुने भएकाले एक हजार बढी घरपरिवार लाभान्वित हुने भएका छन् ।

एक घर एक धाराको व्यवस्था हुने गरी लिफ्ट मार्फत दुईवटै वडाका घरधूरीलाई खानेपानीको व्यवस्था गर्ने तयारी भईरहेको छ । पिउने पानीको व्यवस्थाका लागि चार महिना अघिबाट सुरु गरिएको काम अन्तिम चरणमा पुगेको छ ।

खानेपानीको संकटलाई अन्त्य गर्न चौरजहारी नगरपालिकाले केही अल्पकालिन तथा दिर्घकालिन अवधारणाहरु समेत अघि सारेको चौरजहारी नगरपालिकाका प्रमुख बिशाल शर्माले बताउनुभयो । एक महिना अघि नै लिफ्ट मार्फत चौरजहारीमा खानेपानीको व्यवस्था गर्ने बताईएको थियो ।

तर, ४० लाख बजेटले निर्माण कार्य पुरा नभएपछि तोकिएकै समयमा खानेपानीको व्यवस्था गर्न ढिलाई भएको हो ।

प्रतिक्रिया दिनुहोस्