“राष्ट्र बैंक चुप लागेर बस्यो भने फेरि समस्या आउन सक्छ”



नेपाल समाचारपत्र
काठमाडौं
अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय प्रणालीमा चक्रीय संकट आइरहने र त्यसबाट बच्न रणनीतिक उपायहरू अपनाउनुपर्ने तथा त्यसका निम्ति नेपाल राष्ट्र बैंक तयार रहनुपर्नेमा जोड दिनुभएको छ। बुधबार राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंकबीच गाभिएपछि भएको एकीकृत कारोबारको शुरूआत गर्दै अर्थमन्त्री डा. खतिवडाले सो कुरा बताउनुभएको हो।

अहिले सन्तोषजनक परिस्थितिमा छौं। तर, राष्ट्र बैंक चुप लागेर बस्यो भने फेरि समस्या आउन सक्छ अर्थमन्त्री खतिवडाको भनाइ थियो। निरीक्षणलाई बढाउने, निरीक्षणको स्तर वृद्धि गर्दै राम्रा सञ्चालकलाई प्रोत्साहन र नराम्रो गर्नेलाई कानुनको दायरामा ल्याउनु पर्नेमा उहाँको जोड थियो। उहाँले वित्तीय प्रणालीमा हुने अपराध असह्य हुने र गलत कार्य गरेमा सरकारले कसैलाई नछोड्नेसमेत बताउनु भएको छ।

उक्त कार्यत्रलमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले राष्ट्र बैंकमा कर्मचारी व्यवस्थापन पेचिलो बन्दै गर्दा राष्ट्रिय वाणिज्य बैंकका केही कर्मचारीलाई राष्ट्र बैंकका लैजाने तयारी भएको बताउनु्भयो।
उहाँले बैंकलाई शाखा विस्तार गर्न गर्दै असार मसान्तभित्र ७५३ वटै स्थानीय तहमा अनिवार्य रूपमा ‘क’ वर्गका बैंकले शाखा स्थापना हुँदा आफ्नो भागमा परेको स्थानमा शाखा विस्तार गर्नुपर्नेमा जोड थियो

आन्तरिक कर्जाको तुलनामा निक्षेप बढ्न नसकेको उल्लेख गर्दै आन्तरिक कर्जा २१ दशमलव ६ प्रतिशतले बढ्दा १३ प्रतिशत मात्रै निक्षेप बढेको उहाँको भनाइ थियो। कार्यक्रममा रावा बैंकका सञ्चालक एवम् संयुक्त मर्जर समितिका संयोजक निर्मलहरि अधिकारीले मर्जरको शुरूवातदेखि हालसम्म भएका सम्पूर्ण गतिविधिका विषयमा विस्तृत जानकारी दिनुभएको थियो।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र दुई बैंक बीच मर्ज भएपछि वित्तीय क्षेत्रमा पर्ने सकारात्मक प्रभाव र चुनौतिका विषयमा धारणा राख्नुभएको थियो।

वि.सं. २०१६ साल असार १ गते देशको औद्योगिक विकासमा योगदान पु¥याउने उद्देश्यका साथ विशेष ऐनअन्तर्गत स्थापित नेपाल औद्योगिक विकास निगम (एनआईडीसी) स्थापना भएको थियो। सरकारले २०७३ माघ १४ गते एनआईडीसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा गाभ्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्