विशेष व्यवस्था होस्



३३ केजी सुन प्रकरण हिजोआज ‘हर्ट इस्यु’ बन्या छ। यो विषयले मोदी भ्रमणलाई पनि ओझेलमा पार्न थाल्या छ। यो प्रकरणको अनुसन्धान गर्न गठित समितिले ‘दूधको दूध पानीको पानी’ छुट्याउने गरी धमाधम काम ग¥या सुनिन्छ।

‘लहरो तान्दा पहरो गर्जिन्छ’ भनेझैं एकपछि अर्का अभियुक्त धमाधम पक्राउ परिरहेका छन्। प्रहरीका तल्लो तहका कर्मचारी त सामान्य कुरा, निकै वरिष्ठ कहलिएका प्रहरी अधिकारीसमेत यही केसमा मुछिएका छन्। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनीसमेत पक्राउ परेका छन्।

यस्ता वरिष्ठ अधिकारी नै घटनामा मुछिएपछि उनी महाशाखा प्रमुख रहँदाको कार्य सम्पादन कस्तो भयो होला? धरहरालाई धेरै खुल्दुली लाग्या छ। मोरङ प्रहरीले यो केससँग जोडिएका फरार र प्रतिवादीसहित ६२ जनाविरुद्ध मुद्दा दर्ता ग¥या सुनियो। यो चानेचुने संख्या होइन, त्यसैले अब यही प्रकरणमा पक्राउ परेकाहरूलाई अन्य कैदीबन्दीसरह एउटै कारागारमा राखिनुहुन्न भन्ने धरहराको ठहर छ।

३३ केजी त अहिलेको छानविनले देखाएको हो, विस्तारै अन्य थोरै वा धेरै केजीको पनि खुलासा होला। यो काण्डसँग जोडिएका प्रायः सबै ‘हाइ प्रोफाइल’सँग नाता सम्बन्ध जोडिएको सहजै अनुमान गर्न सकिन्छ। त्यसैले यो कुरा र संख्यालाई मनन गर्दै उनीहरूलाई विशेष कारागारको व्यवस्था गरियोस्।

प्रतिक्रिया दिनुहोस्