आयो गोर्खे सलाम



बुद्ध जयन्तीको अवसर पारेर गायक तुल साम्सोहाङ राईले राष्ट्रिय भावनाको गीत गोर्खे सलाम म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्।

गीतमा टंक बुढाथोकीको शब्द र संगीत छ भने बुढाथोकीले नै संगीत संयोजन गरेका छन्। गायक राईको समिश्रण नामक एल्बममा समावेश मेलोडियस शैलीको यो फास्ट गीतको म्युजिक भिडियो आकर्षक बनेको छ। निर्मल लामाद्वारा निर्देशित गीतको म्युजिक भिडियोलाई भीमफेदी गाइजका कलाकारले आकर्षक बनाएका छन्। अंग्रेजीमा उपशीर्षक राखिएको गीतको भिडियोलाई पवन सुस्लिङले सम्पादन गरेका छन्।

द मोन्टाजद्वारा छायांकन गरिएको भिडियोमा भीमफेदी गाइजका कलाकारहरूलाई द स्टार युथ डान्स ग्रुप, दम्की रक्स तथा चिउरी बगैंचा गाइजका कलाकारले पनि साथ दिएका छन्।

प्रतिक्रिया दिनुहोस्