खोटो संकलन गर्दा पूर्व तयारी बारे श्रमीकलाई दिइयो तालिम



अनिल खत्री, गुल्मी ।
गुल्मीमा खोटो संकलन गर्दा ध्यान दिनु पर्ने बिभिन्न बिषय बस्तु बारे तालिम दिइएको छ । दुर्गा, स्वस्तिक रोजिना टार्पेन्टाइन इण्डष्ट्रि प्रालि शाखा गुल्मीको आयोजना र जिल्ला बन कार्यालय गुल्मी, इलाका बन कार्यालय गुल्मी,सेक्टर बन कार्यालय गुल्मीको प्राबिधिक सहयोगमा खोटो संकलन गर्ने श्रमीक,सुपरभाइजर, तथा सामुदायिक बनका पदाधिकारीहरुलाई तालिम दिइएको हो ।

संकलक श्रमीक,सामुदायिक बनका दाधिकारी र सारोकारवाला पक्षलाई संकलन स्थल रेसुङ्गाको गौशाला बनमै कार्यक्रम राखिएको थियो । संकलन स्थलमै राखिएको कार्यक्रमले खोटो संकलन गर्दा रुखहरुको संरक्षणमा फाइदा मिलोश भन्ने उदेश्यले संकलन हुने स्थलहरुको बारेमा समेत जानकारी गराइएको थियो ।

सल्लाको रुख भएको बनमा खोटो संकलन गर्दा संकलित रुखको पूर्ण रुपमा संरक्षण कसरी गर्ने र संकलन गर्नु पूर्व ध्यान दिनुपर्ने बिभिन्न बिषय बस्तुमा केन्द्रित रहेर तालिम आयोजना गरिएको दुर्गा, स्वस्तिक रोजिना टार्पेन्टाइन इण्डष्ट्रि प्रालि शाखा गुल्मीका प्रमुख रोशन उप्रेतीले बताए । बनको बातावरणिय पक्षलाई बिग्रन नदिने उदेश्यले खोटो संकलन गर्नु पूर्व सबैलाई जानकारी गराएर बातावरणिय पक्षलाई राम्रो बनाउनको लागि कार्यक्रम आयोजना गरिएको उप्रेतीले बताए ।

तालिममा जिल्ला बन कार्यालय गुल्मीका अधिकृत कृष्णराज न्यौपाने, सहायक बन अधिकृतहरु पन्नालाल भट्टराई,दिनेश सत्याल लगायतले खोटो संकलन पूर्व ध्यान दिनुपर्ने बिषयमा सहजिकरण गरेका थिए । तालिमको क्रममा खोटो संकलनमा ध्यान दिनुपर्ने प्राबिधिककुराहरु समेत जानकारी गराइएको थियो ।

खोटो संकलन गर्दा रुखको अबस्था देखि प्रयोग गर्ने औजार, वरिपरिको अबस्था र संकलन पछीको अबस्था सरसफाई लगायतका बारेमा बन कार्यालयका प्राबिधिकहरुले जानकारी गराएका थिए । खोटो संकलनसँगै बनको अबस्थालाई पनि बिग्रन नदिनको निम्ती बिभिन्न अबस्थाहरु बारेमा समेत जानकारी गराइएको थियो । खोटो संकलनको क्रमम साना प्राबिधिक पक्षलाई ख्याल राखे बनमा हुने आनबश्यक क्षतीलाई न्यूनिकरण गर्न सकिने सहायक बन अधिकृत दिनेश सत्यालले बताए ।

संकलनको क्रममा सामुदायिक बनहरुले पनि बेला बखतमा अनुगमन गर्न आग्रह गरेका थिए । खोटो संकलनको लागि फागुन देखि अशोज सम्मको महिनालाई उपयुक्त मानिन्छ । एउटा सल्लाको रुखबाट ३ किलो देखि ७ किलो सम्म खोटो संकलन हुने गर्दछ ।

हाल गुल्मी जिल्लामा सल्लाको बन भएका ३४ वटा सामुदायिक बनमा खोटो संकलन हुँदै आएको छ । जिल्लामा आर्थिक वर्ष ०७४÷०७५मा ११ वटा समाुदायिक बनमा १ लाख १७ हजार ३९ किलो खोटो संकलन भएको जिल्ला बन कार्यालय गुल्मीको तथ्याङ्गकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्