धादिङमा चारवटा सवारी एक आपसमा ठोक्किए, यातायात अवरुद्ध



काठमाडौं । धादिङ को थाक्रे गाउँपालिका वडा नम्वर ६ महादेववेशी नजिकै नजिकै चारवटा सवारी साधन एकआपसमा ठोक्किएका छन । दुर्घटनाबाट मालवाहक ट्रकमा आगलागी भएको छ ।

थाक्रे गाउँपालिका वडा नम्वर ६ महादेववेशी नजिकै २ वटा बाइक, आर्मी गाडी, मालबाहक ट्रक एक आपसमा ठोकिदा घटनामा ३ जना घाइते भएका छन ।
दुर्घटनामा मोटरटसाइकल ट्रकमुनी पर्दा आगलागी ट्रकमा भएको वुझिएको छ । थप विवरण आउन वाकी छ ।

स्थानियवाशी र प्रहरीले आगो नियन्त्रणको प्रयास गरीरहेका छन ।

 

प्रतिक्रिया दिनुहोस्