कौरामा झिल्के भेना



हालैको एकदिन काभ्रेस्थलीमा एकहुल युवा जमात देखिए। जसमा युवाहरू ब्रिटीश आर्मी, भारतीय आर्मी तथा नेपाली आर्मीको भेषमा थिए भने युवतीहरू परम्परागत गुरुङ भेषमा थिए। कुनै मेला, महोत्सव जस्तो देखिएको भिडमा उनीहरू झिल्के भेना बोलको कौरा गीतमा स्वर मिलाउन र कम्मर मर्काउन व्यस्त थिए। यसरी तयार भएको उक्त कौरा (चुट्का) गीतको म्युजिक भिडियो अहिले बजारमा समेत आइसकेको छ।

निर्भाना कलाकेन्द्रको प्रस्तुतिमा रेवत रानामगर तथा रेशम गुरुङको निर्माण रहेको उक्त गीतमा गायक गायिका दुर्गा गुरुङ, रेशम गुरुङ र तेजेन्द्र दुरा, टिका पुन र केशमामा गुरुङको स्वर रहेको छ भने लय शब्द संकलन रेशम गुरुङकै रहेको छ। यसभन्दा अघि कौराका हस्तीद्धय दुर्गा गुरुङ र रेशम गुरुङले हे कान्छी ढल्क्यो जोवन, माइतै नभुल, आकाशै उज्यालो, रीसीङ डाडा रमाइलो हाई मेरो मायालू, ठूलढुँगाको बजारैमा रसैको माया हे मायाजस्ता गीतहरू संयुक्तरूपमा दर्शकसामू पस्किसकेका छन्।

गीतमा संगीत र एरेन्ज गायक दुर्गा गुरुङको रहेको छ भने म्युजिक भिडियोमा निर्देशन राजु गुरुङ र पसेन गुरुङको रहेको छ। अजय गुरुङको छायांकन रहेको भिडियोमा विष्णुहरी तिमल्सिनाको सम्पादन र शर्मीला गुरुङको शृङ्गार रहेको छ।

प्रतिक्रिया दिनुहोस्