कपाल झर्न रोक्ने घरेलु उपचार



कपालमा हुने समस्याहरू भनेका सामान्यतया कपाल झर्ने, सेतो कपाल हुने, चायाँ पर्ने, टाउकोको छालामा हुने रोगहरूबाट बच्न सामान्य सावधानी अपनाउन सकेमा यसबाट सहजै टाढा रहन र समस्याबाट मुक्त हुन सकिन्छ ।

–मौसम बदलिनु पनि हाम्रो कपाल झर्ने समस्याको कारण बन्न सक्छ । यस्तो अवस्थामा कपालमा ध्यान दिनु जरुरी छ । यसबाट बच्नको लागि हप्तामा दुई तीन पटक कपाल धुनु जरुरी हुन्छ ।
–कपाल झर्न रोक्नेका लागि विशेषगरी भोजनमा ध्यान दिनु पर्दछ । यसका साथै कपालको विशेष ध्यान दिनु पर्दछ ।
–अधिक मात्रामा नूनको सेवनले कपालमा तालु देखिन जान्छ । कपाल रुखो समेत देखिन्छ ।
–पिसेको नून अथवा टिम्मुरको धुलो एक एक चम्चा नरिवलको तेलमा मिसाएर तालुमा लगाउनाले तालु खुइलिएको स्थानमा कपाल आउँदछ ।
–नियमितरुपमा नरिवल पानी पिउनाले र नरिवलको तेल कपालमा लगाउनाले कपाल झर्न बन्द हुन्छ ।
–आजकाल मानिसहरूमा काम प्रतिको बोझ बढ्दै गएको जसले तनावलाई वृद्धि गर्दछ । तनावले कपाल झर्ने समस्या निम्त्याउँदछ । त्यसैकारण तनावबाट मुक्त रहनु पर्दछ ।
–कपाल झरेको ठाउँमा कागती दल्नु भयो भने पुनः कपाल उमार्न मद्दत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्