बुद्ध नेपालमा जन्म्या हुन्



२५६२ बुद्धजयन्ती विविध कार्यक्रम गरी देश विदेशमा धुमधाम साथ मनाइएको छ। वृद्धदेखि भर्खर टुकुटुकु हिँड्ने बाल–बच्चाले समेत आ–आफ्नै ढंगमा बुद्ध जयन्ती सुने/बुझे।

धेरै बाक्लो चहल–पहल छ रे भन्ने सुनेपछि धरहराले लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनतर्फ दुरबिन फर्कायो। अनि सम्मेलनका केही सहभागीलाई प्रश्न गर्नसमेत भ्यायो।

प्रश्नः त्रिपिटकबारे थाहा छ ?
उत्तरः खै, त्यस्तो त सुन्या छैन।

प्रश्नः पञ्चशीलबारे केही बताइदिनुस् न ?
उत्तरः गोल्ड मेडल र अन्य शिल्डचाहिँ सुन्या हो।

प्रश्नः बुद्धका चार आर्यसत्यबारे थाहा छ ?
उत्तरः अँ, अँ, खस–आर्यबारे त धेरै सुन्या हो।

प्रश्नः बुद्धले कुन ठाउँमा बुद्धत्व प्राप्त गर्या हुन् ?
उत्तरः पीपलको बोटमुनि।

प्रश्नः बुद्धको मावली कहाँ हो ?
उत्तरः ऊ बेलाको कुरा, कन्फ्युज भयो।

प्रश्नः अरू केही थाहा छ भने भन्नुस् ?
उत्तरः बुद्ध नेपालमा जन्म्या हुन्।

प्रतिक्रिया दिनुहोस्