पूजाको बर्थडेमा रामकहानीको गीत



नायिका पूजा शर्माको बर्थडेको अवसर पारेर उनैद्वारा अभिनित फिल्म रामकहानीको गीत भिडियोसहित सार्वजनिक गरिएको छ।

सोमबार राजधानीमा आयोजित एक समारोहबीच रामकहानीको तिम्रो लागि म छु बोलको गीत सार्वजनिक गरिएको हो। आगामी भदौ २२ गते अनेपारिलिज हुने फिल्मको पहिलो गीत पूजाको बर्थडे विस गर्नका लागि सार्वजनिक गरिएको हो। फिल्मको निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले निर्माण गरेका हुन्। फिल्मलाई सुदर्शनले निर्देशन गरेका छन्।

अर्जुन पोखरेलको शब्द र संगीत रहेको यो गीतमा अञ्जु पन्त र सुगम पोखरेलले स्वर दिएका छन्। गीतको कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियो सौरभ लामाले खिचेका छन् भने सम्पादन बनिष शाह र मिलन श्रेष्ठले गरेका छन्।

आकाश र पूजासँगै फिल्ममा जितु नेपाल, केदार घिमिरे, विल्सनविक्रम राईलगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्। प्रेमकथामा आधारित फिल्म हाँस्यप्रधान हुने निर्देशक थापाले प्रष्ट्याए।
यसैबीच सोमबार साँझ नै फिल्मकर्मीको उपस्थितिमा राजधानीमा पूजाको बर्थडेसमेत मनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्