नेफ्रोलोजीसम्बन्धी सार्क सम्मेलन सम्पन्न



नेपाट्रान्सप्लान्टेसन सोसाइटीको आयोजनामा सञ्चालित सार्क सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो।

प्रधानमन्त्री ओलीले ११औं नेफ्रोलोजी सम्मेलन तथा नेपाट्रान्सप्लान्टेसन सोसाइटीको प्रथम भेलाको एकैसाथ उद्घाटन गर्नुभएको हो। कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको सहायतामा आफू पनि सन् २००७ मा मृगौला प्रत्यारोपण गरी उपहारको जिन्दगी जिउँदै देशकै प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेको बताउनुभयो।

ओलीले नेपालमा सन् २००८ देखि मृगौला प्रत्यारोपणको शुरुआत भई यतिबेला अंग प्रत्यारोपणका कानुनसमेत पारित भई कार्यान्वयनको अवस्थामा आइसकेको जानकारी दिंदै कानुनलाई व्यवस्थित र बिरामीलाई सर्वसुलभ बनाउनका लागि उच्चस्तरीय आयोग बनाउने जानकारी गराउनुभयो। उहाँले कानुन बनेयता सीमित व्यक्तिले मात्र अंग प्रत्यारोपण गर्न पाएको गुनासोको सम्बोधन गर्दै उच्चस्तरीय समिति बनाएर अघि बढ्ने अठोट लिएको जानकारी गराउनुभयो।

नेपालमा ब्रेन डेथको कानुन पारित भएलगत्तै १ जनाको शरीरबाट निकालिएको २ वटा मृगौला २ जनालाई सफलतापूर्वक प्रत्यारोपण गरिएको छ। ‘कलेजो, मुटु, छाला, आँखालगायतका ८ वटा अंग बे्रन डेथबाट प्रत्यारोपण गर्न मिल्ने भएकाले यस्तो कानुनको भरपुर सदुपयोग वास्तविक पीडितले प्रयोग गर्न पाउनुपर्छ’ –प्रधानमन्त्री ओलीले भन्नुभयो। कार्यक्रमका बारेमा वरिष्ठ नेफ्रोलोजिस्ट प्राडा दिव्यासिंह शाहले जानकारी गराउनुभयो। उहाँले सम्मेलनको २ दिन अघिदेखि नै विषयगतरूपमा चिकित्सक, पत्रकार, सुरक्षा निकाय, नीति निर्माता, कानुनविद्, अस्पतासघन उपचारकक्षलगायतको जिम्मेवारी सम्हाल्दै आएको निकायसँग बृहत् छलफगरी यही जुन २७ र २८ तारिखमा सार्क सम्मेलन सम्पन्न भएको जानकारी गराउनुभयो। सम्मेलनमा सार्कका १ सय ५० भन्दा बढी विशेषज्ञको उपस्थिति रहेको पनि डा. सिंहले जानकारी गराउनुभयो।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले नेपालमा ३० हजारको हाराहारीमा मृगौलाका रोगी रहेका र हालसम्म १ हजार जनाको मृगौला प्रत्यारोपण भइसकेको बताउनुभयो। स्वास्थ्य मन्त्रालयका सचिव डा. पुष्पा चौधरी, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ प्राडा भोलाराज जोशीलगायतका वक्ताले अंगदानको महŒवमाथि प्रकाश पारेका थिए।

नेपालमा अंग दान र प्रत्यारोपणलाई नियम कानुनले बाटो खुल्ला गरे पनि जनचेतना र दक्ष जनशक्ति तथा उपकरणको पर्याप्तता नभएका कारण समयम बिरामीले उपचार नपाएर विदेशिनुपर्ने समस्या कायमै रहेको सम्मेलनमा सहभागीले औंल्याएका थिए। सम्मेलन शुरू हुनु २ दिन अघिदेखि नै सबै निकायका व्यक्तित्वसँग बसी विषयमाथि गम्भीर छलफभएको थियो।

प्रतिक्रिया दिनुहोस्